रामेछाप । रामेछापमा कोरोना सङ्क्रमण नियन्त्रणका लागि गरिएको निषेधाज्ञालाई चुनौती दिदै यात्रुसँग चर्को भाडा लिएर सञ्चालन भएको बस प्रहरीले नियन्त्रणमा लिएको छ । सामाजिक सञ्जालमा बसमा यात्रा गर्नको लागि यात्रुलाई आह्वान गरी चर्को भाडा लिएर चोर बाटो हुँदै बनेपा, धुलिखेल, नेपालथोक,सित्खा, गोगनपानी, मुगिटार र मन्थली हुँदै खिम्ति, फर्पु, नमाडी, बेताली, रस्नालु ठोसे हुँदै प्रीती डाँडाखर्क र पुजारीगाँउसम्म चल्ने बा ५ ख २६३३ नम्बरको बसलाई प्रहरीले आइतबार नियान्त्रणमा लिएको हो । बसका चालक ३३ बर्षिय जगदिश सुवेदी र सह-चाकल भीम बहादुर थापाम मगरलाई पनि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । उक्त बसलाई रामेछापको गोकुलगङ्गा गाउँपालिका वडा नं २ ठोसेको स्युरानी पुलहुँदै दोलखाको जिरी तर्फ जाँदै गरेको अवस्थामा नियन्त्रणमा लिएर सङ्क्रामक रोग ऐन २०२० अनुसार आवश्यक कारवाहीको लागि जिल्ला प्रशासन कार्यालय रामेछाप पठाइएको जिल्ला प्रहरी कार्यालयका रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक नवराज ढुंगानाले जानकारी दिुभयो । सङ्क्रामक रोग ऐन, २०२० को दफा ३ को उप दफा १ अनुसार अपहेलना गर्ने ब्यक्ति उपर एक महिना कैद वा रु.१००।- सम्म जरिवाना वा दुबै सजाय हुने ब्यवस्था छ ।
