आगलागीमा परी दम्पतीको ज्यान गयो

  • प्रकाशित मिति: सोमबार, बैशाख २० २०७८
  • तामाकोशी

रामेछाप । आगलागीमा परी रामेछापमा एक दम्तीको ज्यान गएको छ । जिल्लाको उमाकुण्ड गाउंपालिका वडा नं २ बाम्तीको लहरेटोलमा सोमबार बिहान भएको आगलागीमा परी दम्पतीको घर भित्रै जलेर ज्यान गएकोे हो । प्रहरीका अनुसार आगलागीमा परेर ७८ वर्षीय धनबहादुर कार्की र श्रीमती ६८ वर्षीया सीता कार्कीको ज्यान गएको हो । मृतक कार्कीका छोराबुहारी मनोहर कार्की र कल्पना कार्की, नातिनी ३ वर्षीया स्मारिका कार्की भने घरको ढोका फुटाएर हाम फालेर बाँच्न सफल भएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक श्रीशङ्कर श्रेष्ठले बताउनुभयो । मनोहर र नजिकै घर भएका ज्वाइँ मिलेर गर्भवती श्रीमती र ३ वर्षकी छोरीलाई निकालेका थिए । अर्को कोठातर्फ आगो दन्किएकोले उनीहरुले बाबुआमालाई भने निकाल्न सकेनन् । प्रहरीले घटनास्थलको मुचुल्का गरी अनुसन्धान अघि बढाएको जनाएको छ । विद्युत लाइन सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ ।