रामेछापका सवै स्थानीय तहमा स्काउटका संयोजक तोकिए

  • प्रकाशित मिति: बिहिबार, बैशाख १६ २०७८
  • तामाकोशी

रामेछाप । रामेछापका सवै स्थानीय तहमा नेपाल स्काउटका संयोजकहरू तोकिएका छन् । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयले जिल्लाको दुई नगरपालिका र छ गाउँपालिकामा संयोजक तोकेको हो । जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिकामा भुव श्रेष्ठ , रामेछाप नगरपालिकामा बलराम लामा, उमाकुण्ड गाउँपालिकामा श्याम लामा र खाँडादेवी गाउँपालिकामा गौतम मोक्तानले स्काउट संयोजकको जिम्मेवी पाउनुभएको छ । यस्तै , गोकुलगङ्गा गाउँपालिकामा विनोद फुयाँल,दोरम्बा गाउँपालिकामा आङ छिरिङ लामा ,लिखुतामाकोशी गाउँपालिकामा सुशिला थापा र सुनापति गाउँपालिमा राज मैनालीले संयोजकको जिम्मेवारी पाउनुभएको छ ।