रामेछाप । वैशाख ८ गते,
कोरोना विरुद्धका दोस्रो डोज खोप लगाउने अभियानको दुई दिनमा रामेछापका ७९१ जनाले कोरोना विरुद्धका दोस्रो डोज खोप लगाएका छन् । पहिलोदिन मङगलबार२३६ जना र दोस्रोदिन बुधबार ५५५ जनाले दोस्रो दोज खोप लगाएका हुन् । अहिलेसम्म जिल्ला अस्पताल रामेछाप खोप केन्द्रबाट २१२ जना र प्राथमिक स्वास्थ्य केन्द्र मन्थली खोपकेन्द्रबाट ५७९ जनालाई दोस्रो डोजको खोप लगाइएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले बताउनुभयो । स्वास्थ्य कार्यालयका अनुसार पहिलो चरणमा माघ १४ देखी २४ गते सम्म एक हजार ९२ जना र फागुन २ देखी १० गतेसम्म एक हजार २२ जना गरी जम्मा दुई हजार ११४ जनालाई कोरोनाविरुद्धको पहिलो डोजको खोप लगाइएको थियो । पहिलो चरणमा खोप लगाएका स्वास्थ्यकर्मी, सफाइकर्मी, सरकारी कर्मचारी, कूटनीतिक नियोगका कर्मचारी, सार्वजनिक संस्थान, बैंक तथा वित्तीय संस्थाका कर्मचारी र पत्रकारहरुले दोस्रो डोजको खोप लगाइएको जन-स्वास्थ्य अधिकृत थापाले बताउनुभयो । जनस्वास्थ्य अधिकृत थापाका अनुसार स्वास्थय कार्यालयसङ्ग दोस्रो डोजका लागि १६९ भाइल कोभिसिल्ड खोप छ । जसले एक हजार ६९० जनालाई लगाउन पुग्नेछ । यसैबिच मंगलबार कोरोना परीक्षणका लागि पठाइएको ४९ स्वाब मध्ये गोकुलगंगा गाउँपालिका वडा नं ५ नामाडिका ६ वर्षका एकजना बालकलाई कोरोना संक्रमण पुष्टि भएको जनस्वास्थ्य अधिकृत थापाले जानकारी दिनुभयो ।
रामेछापका ७९१ जनाले कोरोनाविरुद्धको दोस्रो डोज खोप लगाए,छ वर्षका एक बालकमा कोरोना सङ्क्रमण
- प्रकाशित मिति: बुधबार, बैशाख ८ २०७८
- तामाकोशी