रामेछाप । बैशाख ७ गते,
वागमती प्रदेश सरकारको सहयोगमा रामेछाप जिल्लामा यस वर्ष ४२ किलोमिटर सडक कालोपत्रे हुँदै छ । प्रदेश सरकारको सहयोगमा चालु आर्थिक वर्ष २०७७/०७८ मा ४२ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य अनुसार काम भइरहेको पूर्वाधार विकास कार्यालय रामेछापले जनाएको छ । कार्यालयका अनुसार अहिलेसम्म जिल्लाका विभिन्न स्थानमा २७ किलोमिटर सडक कालोपत्रे भैसकेको छ । १७ करोड रुपियाँको लागत सम्झौतामा गत वर्ष नै सुरु गरिएको मन्थली-मदौँ-रालटार-समारीथान-सालु सडक कालोपत्रेको काम अन्तिम चरणमा पुगेको र २४ करोड लागत सम्झौतामा सुरु गरिएको सित्खा-भीरपानी-गोगनपानी-फुल्पा-धुले-मेगर्पा-भदौरे-भोटनागी सडक कालोपत्रेको काम भइरहेको पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी इन्जिनियर पुरुषोत्तम महर्जनले बताउनुभयो । उहाँका अनुसार मन्थली-गाल्वा-चौरी खोला सडकको कालोपत्रेको काम भइरहेको छ । दुई खण्डमा विभाज गरेर कालोपत्रेको काम थालिएको उक्त सडकको पहिलो खण्ड १८ करोड रुपियाँ बराबरको लागत सम्झौताको काम सुरु हुन बाँकीे छ । २४ करोड रुपियाँ लागत सम्झौतामा दोस्रो खण्ड अन्तर्गत दश दशमलव दुई किलोमिटर भटौली-गोगनपानी-सडक कालोपत्रेको काम अन्तिम चरणमा पुगेको छ ।
यस्तै साना सडक कालोपत्रे योजना अन्तर्गत दश करोड रुपियाँको लागत सम्झौतामा खैरेनीघाट-वेथान-गाल्वा सडक कालोपत्रेको काम अन्तिम चरणमा पुगेको छ । यस वर्ष यो सडकको तीन किलोमिटर कालोपत्रे गर्ने लक्ष्य छ । चार करोड रुपियाँ बजेटमा खिम्ती-वेताली-रस्नालु-ठोसे सडक खण्डको कालोपत्रेको काम पनि अन्तिम चरणमा पुगेको छ । यस वर्ष दुई किलोमिटर कालोपत्रे गर्ने लक्ष्य रहेको सूचना अधिकारी महर्जनले बताउनुभयो । उहाँका अनुसार यो वर्ष डेढ किलोमिटर कालोपत्रे गर्ने लक्ष्यले चार करोड रुपियाँ बजेटमा कालोपत्रेको काम सुरु गरिएको कालोचौतारा-सिंगटी-डालक-च्यादलु सडक , एक दशमलव तीन किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्यका साथ अघि बढाइएको लखनपुर-गाल्वा सडक कालोपत्रको काम सुरु हुन बाँकी रहेको छ । यसैगरी, यो वर्ष छ सय मिटर कालोपत्रे गर्ने लक्ष्यको एक करोड बजेट रहेको मन्थली-सुनारपानी-सालुपाटी सडक कालोपत्रेका काम पनि सुरु हुन बाँकी छ । यी सडक कालोपत्रेका लागि दुई करोड ५० लाख रुपियाँ लागत सम्झौता रहेको छ । चालु आर्थिक वर्षको अन्त्यसम्म ४२ किलोमिटरनैसडक कालोपत्रको काम सम्पन्न गरिने पूर्वाधार विकास कार्यालयले जनाएको छ ।
वागमती प्रदेश सरकारको सहयोगमा रामेछापमा ४२ किलोमिटर सकड कालोपत्रे
- प्रकाशित मिति: मंगलबार, बैशाख ७ २०७८
- तामाकोशी