रामेछाप । चैत २० गते,
वागमती प्रदेशसभाको बैठक आह्वान गरिएको छ । पटकपटक सूचना टाँसेर स्थगित भइरहेको प्रदेशसभाको बैठक चैत २४ गते मंगलबारका लागि आह्वान गरिएको हो । प्रदेशसभा सचिवालयले शुक्रबार सूचना जारी गर्दै मंगलबार दिउँसो १ बजेका लागि बैठक आह्वान गरेको हो । मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएसँगै प्रदेशसभाको बैठक अनिश्चित बनिरहेको थियो । तत्कालिन नेकपाका ४५ जना सांसदहरुले पौडेलविरुद्ध अविश्वासको प्रस्ताव पुस १० गते दर्ता गराएका थिए । सर्वोच्चको पछिल्लो फैसलासँगै नेकपा एमाले र माओवादी केन्द्र अस्तित्वमा आएसँगै मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावमा गरिएको हस्ताक्षर सांसदहरुले फिर्ता लिइसकेका छन् । प्रदेशसभा सचिवालयका अनुसार सभामुख सानुकुमार श्रेष्ठले सर्वदलिय छलफलपश्चात् बैठक आह्वान गरेका हुन् । बैठकका कार्यसूची भने अझै तय भएको छैन । तर, बैठकबाट अविश्वासको प्रस्ताव प्रक्रियागत ढंगबाट टुंग्याइने बुझिएको छ ।
पटकपटक स्थगित हुँदै आएको वागमती प्रदेशसभाको बैठक आह्वान
- प्रकाशित मिति: शुक्रबार, चैत्र २० २०७७
- तामाकोशी