खाँडादेवी गाउँपालिकामा स्थानीय पाठ्यक्रम बनाउन सुझाव सङ्कलन

  • प्रकाशित मिति: मंगलबार, चैत्र १७ २०७७
  • तामाकोशी

रामेछाप । चैत १७ गते,
रामेछापको खाँडादेवी गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माणका लागि सरोकारवालासङ्ग सुझाव लिएको छ । सोमबार गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तमाङको अध्यक्षता र राष्ट्रिय युवा परिषदका उपाध्यक्ष माधव ढुङेलको प्रमुख अतिथ्यतामा कार्यशाला गोष्टि आयोजना गरी स्थानीय पाठय्क्रम निर्माण गर्न गाउँपालिकाले सुझाव लिएको हो । गाउँपालिकाको भौगोलिक अवस्थिति, इतिहास, पर्यावरण, कला, सम्पदा, स्थानीय संस्कार, संस्कृति, स्थानीय बोलीचाली, नेपाल भाषाको प्रचलित लिपि, रञ्जना लिपि, परम्परागत पेशा, व्यवसाय, स्थानीय सीप प्रबिधि र स्थानीय उपचार विधि समावेश गरेर पाठ्यक्रम निर्माण गर्ने तयारी स्वरुप सुझाव सङ्कलन गरिएको गाउँपालिकाका प्रवक्ता पुष्कर कुमार कार्कीले जानकारी दिनुभयो । गाउँपालिकाले आफ्नो पालिकाभित्र सञ्चालनमा रहेको विद्यालयहरुमा पठन पाठन गराउनका लागि स्थानीय पाठ्यक्रम निर्माण गर्न लागिएको गाउँपालिकाका अध्यक्ष पे्रम बहादुर तमाङले बताउनुभयो । कक्षा १ देखि ८ सम्मका आधारभूत तहमा अध्ययन गर्ने विद्यार्थीका लागि स्थानीय विषयवस्तु समेटेर पठ्यक्रम निर्माण गरीने र आगमि शैक्षिक सत्रबाट यो पाठ्यक्रम लागु गरीने अध्यक्ष तमाङले बताउनुभयो । पठ्यक्रम बनाउन गाउँपालिकाभित्र सन्चालित ५१ वटा विद्यालयका प्रधानाध्यापक र वडा अध्यक्षहरुसङग सुझाव लिइएको छ ।