रामेछाप । चैत १४ गते,
आफ्नो शरीरमा आफैँ आगो लगाएर घाइते भएका रामेछापको मन्थली नगरपालिकाका एक पुरुषको ज्यान गएको छ । शरीरमा आफैँले लगाएको आगोले जलेर गम्भीर घाइते भएका मन्थली नगरपालिका ५ सुनारपानीका करिब ४३ वर्षीय हिरा बहादुर भुजेलको शनिबार बिहान उपचारका क्रममा ज्यान गएको हो । आगोले जलेर गम्भीर घाइते भएका भुजेलको उपचारका क्रममा काठमाडौँस्थित किर्तिपुर अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । मृतक भुजेलको शरीरको अगाडी भागको छाला, पछाडी पाताको भाग र कपाल जलेको सूचना अधिकारी प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो । घरको आँगनमा आफ्नै शरीरमा मट्टितेल छर्केर आगो लगाएका भुजेललाई उनकी बुहारी सविना भुजेलले देखेपछि स्थानीयलाई बोलाएर आगो निभाउन लगाएकी थिइन् ।
आफैँले लगाएको आगोले जलेर एक पुरुषको ज्यान गयो
- प्रकाशित मिति: शनिबार, चैत्र १४ २०७७
- तामाकोशी