रामेछाप । फागुन २७ गते ,
रामेछाप सदरमुकाम मन्थलीमा तीनदिन सञ्चालन भएको आँखा शिविरमा ८०४ जनाको उपचार गरिएको छ । तिलगंगा आँखा अस्पताल काठमाण्डौं र जिल्ला सामुदायिक आँखा केन्द्रको सहकार्यमा तामाकोशी अस्पतालमा सञ्चालन भएको आँखा शिविरमा २२८ जनाको शल्यक्रिया गरिएको छ भने ५७६ जनाको आँखाको परिक्षण गरिएको छ । आँखा शिविर १०६ जना महिला र १२२ जना पुरुष गरि २२८ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको तामाकोशी अस्पतालका निर्देशक गोबिन्द प्रसाद घिमिरेले बताउनुभयो । आँखाको उपचार गर्न ग्रामिण भेगबाट आएका कोही आफन्त नभएका ,बस्ने ठाउँ नभएका बिरामीहरुको खाने बस्ने व्यवस्थापन तामाकोशी अस्पतालले निःशुल्क गरेको निर्देशक घिमिरेले बताउनुभयो । तामाकोशी अस्पतालले गएका वर्षहरुमा पनि जिल्लाको ग्रामिण भेगमा गएर आँखाको जाँच गर्ने र मोतिया बिन्दु भएका बिरामीहरुको हकमा प्रत्येक वर्ष विभिन्न संस्थाहरुको सहयोगमा आँखा शिविर सञ्चालन गर्दै आएको छ । संस्थाले यसवर्ष पनि गाउँगाउँमा आँखा जाँच गराएर अप्रेशन गर्नुपर्ने बिरामीहरु छनौट गरि ती बिरामीहरुलाई निःशुल्क रुपमा शिविरको आयोजना गरेको हो । तीनदिनसम्म सञ्चालन भएको आँखा शिविरमा रमेश पराजुलीको नेतृत्वको बरिष्ठ सर्जन डा.संयम वजिमय, योगीता भण्डारी डा.प्रतिभा शाहि लगाएतको टोलीले सेवा प्रवाह गरेको थियो ।
आठ सय भन्दा बढी आँखाका रोगिको निःशुल्क उपचार
- प्रकाशित मिति: बिहिबार, फाल्गुन २७ २०७७
- तामाकोशी