रामेछाप । फागुन १९ गते ,
सुरक्षित आप्रवासन परियोजना (सामी) रामेछापले चालु आर्थिक वर्षको हालसम्म एक हजार ३१७ जनालाई सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी परामर्श दिएको छ । चालु आर्थिक वर्ष २०७७÷०७८ को वर्षको माघ महिनासम्म जिल्ला प्रशासन कार्यालय रामेछापमा पासपोर्ट बनाउन आएका ४८९ जना महिला र ८३८ जना पुरुषलाई आप्रवासी सूचना केन्द्रमार्फत सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी परामर्श प्रदान गरिएको सामी परियोजनाका परामर्शकर्ता सिर्जना बस्नेतले बताउनुभयो । यो वर्षको माघ महिना सम्म ५४२ जना महिला र ९२० जना पुरुष गरि एक हजार ४६२ जना पासपोर्ट बनाउन जिल्ला प्रशासन कार्यालयमा आएका छन् । यो अवधिमा परियोजनाको १२ जना रिटर्नी स्वयमसेवक मार्फत बैदेशिक रोजगारीमा जान तयार परेका व्यक्ति र बैदेशिक रोजगारीमा गएकाको परिवार गरी एक हजार २३८ जनालाई व्यक्तिगत भेटघाट गरेर सुरक्षित वैदेशिक रोजगारीका बारेमा जानकारी प्रदान गरिएको परामर्शकर्ता बस्नेतले बताउनुभयो । जिल्लाका आठ स्थानीय तहमध्ये मन्थली नगरपालिका ,सुनापति गाउँपालिका,दोरम्बा गाउँपालिका र उमाकुण्ड गाउँपालिका सकेसम्म स्वदेशमै रोजगारीको दिलाउन र विदेश जानेहरुलाई पनि दक्ष र सुरक्षित बनाउन सुरक्षित बैदेशिक रोजगार कार्यक्रम (सामी) परियोजना मार्फत संयुक्त रुपमा लागि परेका छन् । बिदेश जाने आफ्ना नागरिकहरुलाई स्वदेशमै रोजगारी दिन स्थानीय तहले लघु उद्यमसंग सम्बन्धित कार्यक्रमहरु , श्रमदान मूलक योजनाहरुको छनौट , युवा उद्यम कार्यक्रमहरु , रिटर्नी स्वयंमसेवक परिचालन जस्ता कार्यक्रम सञ्चालनलाई जोड दिएका छन् । बिदेश जना तयार परेका युवाहरुलाई स्वदेशमै रोजगारी दिन र विदेश जानेहरुलाई पनि आवश्यक शिप प्रदान गरी दक्ष र सुरक्षित बनाउन पशुपालन , कृषि , कुटिर उद्योग सञ्चालन लगायतबाट रोजगारी प्रदान गर्ने योजना अघि सारिएको मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतले बताउनुभयो ।
रामेछापका १ हजार ३१७ जनालाई सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी परामर्श
- प्रकाशित मिति: बुधबार, फाल्गुन १९ २०७७
- तामाकोशी