रामेछाप । फागुन १४ गते,
रामेछापमा नाबालिकालाई चकलेट दिई फकाएर यौन दुव्र्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । लिखु तामाकोशी गाउँपालिका वडा नं–२ की दुई नाबालिकालाई चकलेट दिई फकाएर यौन दुव्र्यवहार गर्ने सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिका वडा नं–३ खुदेमटोलका १९ वर्षका सुरज खत्रीलाई इलाका प्रहरी कार्यालय धोवीले बिहिवार पक्राउ गरेको हो । खत्रीले विद्यालय पढ्न जाँदै गरेका दुई नाबालिकालाई लिखु तामाकोशी गाउँपालिका वडा नं–२ सैपु स्थित पानी ट्याङ्गकी भन्ने स्थानमा एकान्तमा लगेर चकलेट दिई ललाई फकाई यौन दुव्र्यवहार गरेको प्रहरीको भनाई छ । अभिभाबकको उजुरीको आधारमा प्रहरीले खत्रीलाई भाग्दै गरेको अवस्थामा सोही गाउँबाट पक्राउ गरेको हो । लिखुताकोशी गाउँपालिकावाट पक्राउ परेका खत्रीलाई बाल यौन दुव्र्यवहार मुद्धामा रामेछाप जिल्ला अदालतवाट ७ दिनको म्याद थप गरि हिरासतमा राखि थप अनुसन्धान प्रक्रिया अघि वढाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशंकर श्रेष्ठले जानकारी दिनुभयो । खत्रीले केही समयअघिदेखी लिखुतामाकोशी गाउँपालिकाका विभिन्न गाउँहरुमा भाँडावर्तन विक्री वितरण गर्दै आएका थिए ।
नाबालिकालाई फकाएर यौन दुव्र्यवहार गर्ने एक युवक पक्राउ
- प्रकाशित मिति: शुक्रबार, फाल्गुन १४ २०७७
- तामाकोशी