रामेछाप । फागनु १० गते,
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाको अनेरास्ववियु जिल्ला कमिटी रामेछापले विद्यालय तहको प्रारम्भिक कमिटीको गठन प्रक्रियालाई तिब्रता दिएको छ । अनेरास्ववियु जिल्ला कमिटीले सोमबार जिल्लाका तीन वटा स्थानीय तह अन्तर्गतका तीन विद्यालयमा प्रारम्भिक कमिटी गठन गरेको हो । पार्टी एकीकरण पश्चात रोकिएको संगठन विस्तारको काम विगत तीन वर्षदेखि रोकिएको थियो । तर, पछिल्लो समय नेकपा विभाजित भएसँगै ओली समुहको अनेरास्ववियु कमिटीले संठन विस्तारलाई तिब्रता दिन थालेको छ । केन्द्रीय कमिटीको सर्कुलर अनुसार जिल्ला कमिटीले जिल्लाको दोरम्बा गाउँपालिकाको श्री खारपानी माध्यमिक विद्यालयमा ४९ सदस्यीय ,मन्थली नगरपालिका वडा न १२ स्थित गेलुमा रहेको शारदा माध्यमिक विद्यालयमा ४० सस्यीय र खाँडादेवी गाउँपालिकाको वडा नम्बर ६ स्थित श्री विष्णु जनज्योति माध्यमिक विद्यालय माकादुममा अनेरास्ववियु प्रारम्भिक कमिटी गठन गरिएको अनेरास्ववीयु जिल्ला कमिटीका सचिव पुस्कर भट्टराईले बताउनुभयो । उहाँका अनुसार खारपानी माध्यमिक विद्यालयको प्रारम्भिक कमिटीको अध्यक्षमा अप्सरा श्रेष्ठ, उपाध्यक्षमा अमिर श्रेष्ठ, कोषाध्यक्षमा लक्ष्मी श्रेष्ठ, सचिवमा रामजी थापा मगर र सह–सचिवमा ममता थापा मगर चयन हुनु भएको छ । यस्तै, शारदा माध्यमिक विद्याल प्रारम्भिक कमिटीको अध्यक्षमा रेवन्ती खत्री, उपाध्यमा सुबोध अधिकारी, देव मगर, अनिता अछामी, रञ्जना कार्की, युबराज खत्री, कोषाध्यक्षमा तिलक मोक्तान, सचिवमा रस्मिता खड्का, सह–सचिवमा शर्मिला अधिकारी, निरु खत्री, करण मगर, रञ्जिता लोहार, सबिता खत्री र सविन बुढाथोकी चयन हुनुभएको छ । जिल्लाका बाँकी स्थानीय तहमा रहेका विद्यालयहरुमा पनि प्रारम्भिक कमिटी गठन प्रक्रियाको कामलाई तीब्र रुपमा अघि बढाइने सचिव भट्राईको भनाई छ ।
रामेछापका तीन वटा पालिकामा अनेरास्ववियु प्रारम्भिक कमिटी गठन
- प्रकाशित मिति: सोमबार, फाल्गुन १० २०७७
- तामाकोशी