रामेछाप । फागुन ८ गते,
रामेछापको सदरमुकाम मन्थलीमा सञ्चालित मन्थली सहिद स्मृति बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा पुनः रामचन्द्र घिमिरे वियोगी निर्विरोध चयन हुनुभएको छ । शनिबार क्याम्पस सञ्चालक समितिको अध्यक्षमा वियोगी र प्रकाश कुमार कार्की ,उज्वल सुवेदी , रमेश ढुंगेल ,युवराज सुवेदी , देवीका पौडेल निर्विरोध सदस्यमा चयन हुनुभएको छ । शनिबारनै गंगालाल गोले ,कुमार श्रेष्ठ, दिनेश सुवेदी, गंगा अधिकारीलाई क्याम्पस सञ्चालक समितिको सदस्यमा मनोनित गरिएको सञ्चालक समितिका सदस्य प्रकाश कुमार कार्कीले जानकारी दिनुभयो । मन्थली क्याम्पसका निवर्तमान अध्यक्ष धुब्र प्रसाद सुवेदी , मन्थली नगरपालिका वडा नं १ का वडाध्यक्ष नारायणदशा श्रेष्ठ, क्याम्पस प्रध्यापक संघका प्रतिनिधि दीनेश कुमार कार्की ,स्ववियू सभापति कपील मगर , मन्थली माध्यामिक विद्यालयका अध्यक्ष धुब्र कुमार कार्की , प्रधानाध्यापक टंक प्रसाद दाहाल,त्रिभुवन विश्व विद्यालयका प्रतिनिधि डा. बाशुदेव गौतम र सानिमदौ सामुदायिक वन उपभोक्त समितिका अध्यक्ष क्याम्पस सञ्चालक समितिका पदेन सदस्य र क्याम्पस प्रमुख ऋषी कार्की सदस्य सचिव हुनुभएको छ ।
मन्थली क्याम्पसको अध्यक्षमा पुनः रामचन्द्र वियोगी
- प्रकाशित मिति: शनिबार, फाल्गुन ८ २०७७
- तामाकोशी