मन्थली नगरपालिकाले निशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्दै

  • प्रकाशित मिति: शुक्रबार, फाल्गुन ७ २०७७
  • तामाकोशी

रामेछाप । फागुन ७ गते,
रामेछापको जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा संञ्चालन गर्ने भएको छ । लोकसेवाद्धारा लिइने प्रश्नावली समेटेर नगरपालिकाले नायव सुब्बा र खरिदारको लागि १५ दिने निशुल्क तयारी कक्षा सञ्चालन गर्न लागेको हो । नगरपालिकाले नगरभित्रका लोकसेवाको तयारी गरिरहेकाहरुलाई तयारी कक्षामा सहभागी हुन सार्वजनिक सूचना प्रकाशन गरेर आग्रह समेत गरेको छ । नगरपालिकाले सञ्चालन गर्न लागेको लोकसेवा तयारी कक्षामा महिला, आदिवासी, जनजाती र दलित समुदायका नागरिकहरुले सहभागीता जनाउन पाउने भएका छन् । तयारी कक्षामा सहभागीता जनाउन इच्छा हुनेले मन्थली नगरपालिकामा निवेदन दर्ता गर्नुपर्ने छ । नगरपालिका भित्र रहेका १४ वटै वडाका नागरिकहरुले तयारी कक्षाको लागि सहभागीता जनाउन पाउने भएता पनि निवेदन परेका व्यक्तिहरु बिच प्रतिस्पर्धा गराई सहभागि छनौट गराएर मात्रै तयारी कक्षा सञ्चालन गरिने मन्थली नगरपालिकाका सूचना अधिकारी प्रमुख हेमन्त बुढाथोकीले जानकारी दिनुभयो ।