रामेछाप । फागुन ७ गते,
रामेछापको सालुबाट विद्यार्थी बोकेर सदरमुकाम मन्थली आउँदै गरेको यात्रु बाहक बस मन्थली नगरपालिका वडा नं ५ मच्छेडाँडीमा दुर्घटना हुदा १७ विद्यार्थी घाइते भएका छन् । सदरमुकाम मन्थलीमा शुक्रबारबाट सुरु हुन लागेको मन्थली नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागि हुन श्री सेतीदेवी माध्यामिक विद्यालयबाट आएका विद्यार्थी चढेको बस दुर्घटना भएको हो । बा ५ ख २८५७ नम्बरको पूर्व अरनिको यातायात प्रा.लि.को बसमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगतिमा आएका विद्यार्थी र शिक्षक गरि ५३ जना सवार रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । घाइते मध्य केही विद्यार्थीको अवस्था गम्भीर रहेको पनि जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । घाइते विद्यार्थीहरुको मन्थलीस्थित तामाकोसी अस्पतालमा उपचार भइरहेको छ । बस ब्रेक फेल भएर अचानक सडकमा पल्टीएको प्रहरीले जनाएको छ ।
दुर्घटनमा परि घइते हुनेहरुको नामावली
१ मन्थली न.पा.४ सालु बस्ने बर्ष(१७ को घनश्याम बरुवाल दाहिने गालामा चोट
२. मन्थली न.पा.४ गैराथोक बस्ने बर्ष(१४ कि मनिषा नेपाली दाहिने हातमा ठोक्किएको
३. मन्थली न.पा.४ च्याउकेठाटी बस्ने बर्ष(१४ को प्रासुस कार्की अनुहारमा सामान्य चोट
४ मन्थली न.पा.४ बस्ने बर्ष १८ कि अस्मिता भुर्तेल कम्मरमा ठोकिएको
५. मन्थली न.पा.४ बस्ने बर्ष १५ कि नमिता घिमिरे ठाउकोमा ठोकिएको
६. मन्थली न.पा.४ बस्ने बर्ष १५ कि करुणा श्रेष्ठ हात ठोकिएको
७ मन्थली न.पा.४ बस्ने बर्ष १५ कि एलिजा काफ्ले दाहिने घुडामा ठोकिएको
८. मन्थली न.पा.४ बस्ने बर्ष १४ कि सुवेक्षा तामाङ दाहिने खुट्टा ठिकिएको
९.मन्थली न.पा.४ बस्ने बर्ष १५ कि देवी खत्री दाहिने हात ठोकिएको
१०.मन्थली न.पा.४ बस्ने बर्ष १५ कि दिपा काफ्ले टाउको र हात दुखेको
११.मन्थली न.पा.१ बस्ने बर्ष १४ कि प्रतिक्षा घिमिरे चोट नभएको वेहोस
१२.मन्थली न.पा.४ बस्ने बर्ष १६ को सरोज काफ्ले दाहिने खुट्टा दुखेको
१३.सहचालक मन्थली न.पा.२ कठजोर बस्ने बर्ष २० को दामोदर अधिकारी बाया पातामा चोट
१४.मन्थली न.पा.४ सालु बस्ने बर्ष १७ को रोशन मगर बाया हात ठोक्किएको
१५. मन्थली न.पा.४ बस्ने बर्ष १३ को नविन मग्राती दाहिने खुट्टा ठोक्किएको
१६. मन्थली न.पा.४ बस्ने बर्ष १६ को बिषाल बसेल बाया खुट्टा र बाया हात ठोकिएको
१७. मन्थली न.पा.४ बस्ने बर्ष १५ को प्रसान्त सुनुवार कम्बर र बाया खुट्टा ठोकिएको
राष्ट्रपति रनिङ शिल्डमा सहभागि हुन आउदै गरेको बस दुर्घटना : १७ जना घाइते (घाइतेको विवरण सहित)
- प्रकाशित मिति: शुक्रबार, फाल्गुन ७ २०७७
- तामाकोशी