रामेछाप । फागुन १ गते,
रामेछापमा जबरजस्ती करणी गर्न खोजेको आरोपमा एक युवक पक्राउ परेका छन् । जिल्लाको मन्थली नगरपालिका वडा नं ५ सुनारपानीका २७ वर्षी सविन केसीलाई जबरजस्ती करणी उद्योगको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । पीडित महिलाको मौखिक जानकारीका आधारमा केसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठले जानकारी दिनुभयो । । उहाँका अनुसार केसीलाई अहिले मन्थलीस्थित जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । उहाँका अनुसार गत माघ २९ गते बिहिबार केसीले आफूमाथि जबरजस्ती करणीको प्रयास गरेको भनी पीडितबाट मौखिक जानकारी आएको भएपनि हालसम्म लिखित जाहेरी भने परेको छैन । लिखित जाहेरी आएपछि आरोपित केसीमाथि थप अनुसन्धान प्रक्रिया अघि बढाइने सूचना अधिकारी श्रेष्ठको भनाई छ ।
जबरजस्ती करणी गर्न खोजेको आरोपमा युवक पक्राउ
- प्रकाशित मिति: शनिबार, फाल्गुन १ २०७७
- तामाकोशी