रामेछाप । माघ २९ गते,
तोकिएकै समय वैशाख १७ र २७ गते प्रतिनिधिसभाको निर्वाचन भए मतदानका लागि रामेछापका एक लाख ६७ हजार बढी मतदाता योग्य भएका छन् । २०७४ सालको निर्वाचनमा जिल्लामा एक लाख ५२ हजार ५५९ जना मतदाता मतदानका लागि योग्य थिए । दुई नगरपालिका र छ गाउँपालिकाको ६४ वडा रहेको जिल्लामा निर्वाचन आयोगको योजना र निर्देशन अनुसार जिल्ला निर्वाचन कार्यालयले निर्वाचन तयारी सम्बन्धि काम गरिरहेको छ । तयारी स्वरुप कार्यालयले मतदाता नामावली अद्यावधिक गर्ने कार्य सम्पन्न गरिसकेको छ । अहिले जिल्लामा एक लाख ६७ हजार १२८ जनालाई मतदाता कायम गरिएको जिल्ला निर्वाचन कार्यालय रामेछापका सूचना अधिकार गणेश थापाले बताउनुभयो । गत माघ १५ गते विहीबारदेखि २१ गते बुधबारसम्म जिल्लामा मतदाता नामावली अद्यावधिक (दावी, विरोध) सम्बन्धी कार्यक्रम सञ्चालन गरिएको थियो , यस अवधिमा ३८ जनाको विवरण मतदाता नामावलीबाट हटाइएको छ सूचना अधिकार थापाले भन्नुभयो । उहाँका अनुसार मतदाता नामावलीमा विवरण समावेश भएका मृतक ३४ जना र दोहोरो विवरण समावेश भएका चार जना गरी ३८ जनाको विवरण मतदाता नामावलीबाट हटाएको हो । सूचना अधिकारी थापाका अनुसार २२ जनाको सामान्य त्रुटि सच्याएर मदाता नामावलीमा उनीहरुको विरण कायम गरिएको छ । यसअघिको निर्वाचनमा ९१ वटा मतदान केन्द्र र १९१ वटा मतदान स्थल कायम गरिएको थियो । यो निर्वाचनमा ९० वटा मतदान केन्द्र र २०३ वटासम्म मतदान स्थल कायम हुनसक्ने जिल्ला निर्वाचन कार्यालयले अनुमान गरेको छ ।
रामेछापमा एक लाख ६७ हजार बढी मतदाता कायम
- प्रकाशित मिति: बिहिबार, माघ २९ २०७७
- तामाकोशी