रामेछाप । माघ २७ गते,
तामाङ समुदायको पर्व २८५७ औं सोनाम ल्होछारमा रामेछापका विभिन्न पालिकाहरुले सार्वजनिक विदा दिने निर्णय गरेका छन् । जिल्लाको खाँडादेवी , सुनापती र दोरम्बा गाउँपालिकाले ल्होछारमा सार्वजनिक विदा दिने निर्णग गरेका हुन् । खाँडादेवी गाउँपालिकाले ल्होछारको अवसरमा माघ ३० र फागुन १ गते दुईदिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले ल्होछारको अवसरमा दुईदिन सार्वजनिक विदा दिने निर्णय गरिएको बताउनुभयो । यस्तै सुनापती गाउँपालिकाले पनि यो पर्वका अवसरमा तीनदिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । गाउँकार्यपालिकाको बैठकले सोनाम ल्होछारको अवसरमा माघ २९,३० र फागुन १ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो । सुनापती गाउँपालिकाका अध्यक्ष धावा लामाले विगतमाझैं यस बर्ष पनि ल्होछार पर्वको अवसरमा तीन दिन सार्वजनिक विदा दिने निर्णय गरिएको बताउनुभयो । जिल्लाको दोरम्बा गाउँपालिकाले २८५७ औं सोनाम ल्होछारको अवसरमा माघ ३० र फागुन १ गते गाउँपालिकाभित्र सार्वजनिक विदा दिने निर्णय गरेको छ । दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले विगतमाझैं यस बर्ष पनि ल्होछार पर्वको अवसरमा दुई दिने सार्वजनिक विदा दिने निर्णय गरिएको बताउनुभयो । गत वर्ष पनि जिल्लाका विभिन्न पालिकाहरुले सोनाम ल्होछारका अवसरमा सार्वजनिक विदा दिएको थियो ।
सोनाम ल्होछारमा रामेछापका विभिन्न पालिकामा सार्वजनिक विदा(कुन पालिकामा कति दिन हेर्नुहोस्)
- प्रकाशित मिति: मंगलबार, माघ २७ २०७७
- तामाकोशी