रामेछाप । २६ माघ गते,
रामेछापको दुई गाउँपालिकालाई नेपाली काँग्रेस रामेछाप – काठमाण्डौं सम्पर्क समितिले स्वास्थ्य सामाग्री प्रदान गरेको छ । समितिले जिल्लाको दोरम्बा र सुनापति गाउँ पालिकाका स्वास्थ्य केन्द्रहरुलाई अक्सिजन मापन गर्ने अक्सोमिटर प्रदान गरेको हो । बिरामीको शरिरमा अक्सिजन मापन गर्नका लागि आवश्यक अक्सोमिटर कोभिड १९ संग सम्बन्धित विरामीका लागि अति नै आवश्यक पर्ने भएकाले आफुहरुले जिल्लाका स्वास्थ्य केन्द्रहरलाई यस प्रकारको सामग्री वितरण गरेको नेपाली काँग्रेस रामेछाप – काठमाण्डौं सम्पर्क समितिका सभापति राजनारायण श्रेष्ठले जानकारी दिनुभयो । जिल्लाका ८ वटा स्थानीय तह मध्ये अहिले खाँडादेवी र सुनापति गाउँपालिकाका सवै स्वास्थ्य केन्द्रहरुमा यस प्रकारको स्वास्थ्य सामग्री वितरण गरिएको र अव केहि दिन भित्रमा नै जिल्लाका बाँकि रहेका अन्य ६ वटा स्थानीय तहमा पनि वितरण गरिने सम्पर्क समितिले जनाएको छ । नेपाली काँग्रेसको रामेछाप काठमाण्डौं सम्पर्क समितिले यस अगाडि पनि कोभिड न्यूनिकरणका लागि विभिन्न प्रकारका स्वास्थ्य सामग्रीहरु वितरण गरेको थियो ।
दुई पालिकालाई स्वास्थ्य सामग्री प्रदान
- प्रकाशित मिति: सोमबार, माघ २६ २०७७
- तामाकोशी