नेकपा लिखुतामाकोशी गाउँपालिका अध्यक्षमा कडरिया, सचिवमा तामाङ चयन

  • प्रकाशित मिति: सोमबार, माघ ५ २०७७
  • तामाकोशी

रामेछाप । लिखुतामाकोशी गाउँपालिका स्तरिय नेपाल कम्यिूनिष्ट पाटी (नेकपा) ओली पक्षको तेस्रो पुर्ण बैठक तथा अगुवा कार्यकर्ता भेलाले कमिटी पुनर्गठन गरेको छ । सोमबार आयोजित बृहत अगुवा कार्यकर्ता भेलाद्धारा गाउँपालिका स्तरिय कमिटी पुनर्गठन गरेको हो ।

पुनर्गठित नयाँ नेत्रित्वमा उद्धब कडरिया अध्यक्ष तथा सचिवमा युवा नेता भिम तामाङ चयन भएको छ । साविकको सचिव प्रचण्ड-नेपाल पक्षमा गएपछि कमिटी पुनर्गठन गरिएको नेकपा लिखुतामाकोशी गाउँपालिका कमिटीले जानकारी दिएको छ ।



बृहत अगुवा भेलालाई केन्द्रिय सदस्य माधब ढुङ्गेल, जिल्ला कमिटी अध्यक्ष आनन्द श्रेष्ठ, सचिव पुर्षाेतम कडरिया, जिल्ला समन्वय समिति सभापति प्रेम बहादुर खड्का लगाएतले सम्बोधन गर्नुभएको थियो ।