रामेछापमा पनि पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइयो

  • प्रकाशित मिति: सोमबार, पुष २७ २०७७
  • तामाकोशी

रामेछाप । पुस २७ गते ,
रामेछापमा पनि २९९ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । सोमबार राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा रामेछापले सदरमुकाम मन्थलीमा सडक ¥याली र पृथ्वी नारायण शाहको तस्वीरमा माल्यार्पण समारोहो गरी पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको हो । ¥यालीमा सहभागी नेता तथा कार्यकर्ताहरुले राष्ट्रि«य एकता जिन्दावाद, श्री ५ पृथ्वी नारायण शाह अमर रहून्, सम्पूर्ण नेपालीको जय होस् लगायतका नाराहरु लगाएका थिए । कार्यक्रममा राप्रपा केन्द्रिय सदस्य लालध्वज लामा, सरस्वती श्रेष्ठ, दिनेश कार्की र जिल्लाका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । राप्रपा रामेछापका अध्यक्षद्वोय रामचन्द्र कंडेल र भरत वाइवा दुवै जनाको सहभागिता रहेको भएपनि अध्यक्ष कंडेलको अध्यक्षतामा कार्यक्रम भएको थियो । १७७९ साल पुस २७ गते गोरखामा जन्मिएका पृथ्वीनारायण शाहलाई नेपाल एकीकरणका नायकका रुपमा मान्ने गरिन्छ । उहाँले त्यसबेला बाइसे, चौबीसे लगायतका धेरै राज्यमा विभाजित नेपालको भूगोललाई एकीकरण गर्नु भएको थियो । यही योगदानको कदर गर्दै पुस २७ गतेलाई पृथ्वी जयन्तीका रुपमा मनाउने गरिएको हो । २००७ सालपछि देशमा राष्ट्रिय एकता दिवस मनाउन थालिए पनि २०६२÷०६३ सालको आन्दोलनपछि सरकारी स्तरबाट राष्ट्रिय एकता दिवसलाई खारेज गरिएको हो । तर, नागरिक स्तरबाट भने अझैँ पनि राष्ट्रिय एकता दिवसलाई निकै महत्वका साथ मनाउने गरिन्छ ।