कालिञ्चोकमा लेक लागेर एक महिलाको ज्यान गयो

  • प्रकाशित मिति: शनिबार, पुष २५ २०७७
  • तामाकोशी

दोलखा । पुस २५ गते,
दोलखाको प्रसिद्ध धार्मिकस्थल कालिञ्चोक मन्दिर दर्शनका लागि आएकी एक महिलाको ज्यान गएको छ । मकवानपुरको फापरबारीकी ३३ वर्षीया सम्झना रोक्का मगरको शनिबार ज्यान गएको हो । कालिञ्चोक मन्दिर दर्शनका लागि परिवारसहित शुक्रबार बेलुका कुरी बजार पुगेर संगिता होटलमा बास बसेकी रोक्का मगर शनिबार बिहान सामान्य विरामी भएकी थिइन् । वेहोस अवस्थामा चरिकोटस्थित सामुदायिक अस्पताल पु¥याउँदा उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । अस्पताल पु¥याउनु अगावै उनको मत्यु भइसकेको सामुदायिक अस्पताल चरिकोटका डाक्टर अमोघ बस्न्यातले बताउनुभयो । कम उचाईमा बस्ने मानिसहरु एक्कासी धेरै उचाईमा पुग्दा लेक लाग्ने र फोक्सो तथा मष्तिकमा पानी जमेर मृत्यु भएको हुनसक्ने उहाँको भनाई छ । धैरै उचाईको ठाउँमा यात्रा गर्दा एक दिनमा ३ सय ५० मिटर भन्दा बढी यात्रा गर्न स्वास्थ्यका लागि जोखिम हुने उहाँले बताउनु भयो । खासगरी चिसो मौसममा धेरै उचाईको स्थानमा यात्रा गर्दा सावधानी अपनाउनु पर्ने डाक्टर बस्न्यातको सुझाव छ ।