प्रधानमन्त्रीको कामबाट आत्तिएकाहरु विक्षिप्त रुपमा सडकमा छन् : मन्त्री ढुंगेल

  • प्रकाशित मिति: बुधबार, पुष २२ २०७७
  • तामाकोशी

रामेछाप । पुस २२ गते,
बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश प्रसाद ढुंगेलले आगामी निर्वाचनमा नेकपाले दुई तिहाई बहुमत ल्याउने दाबि गर्नुभएको छ । अहिलेको संविधान र व्यवस्था बचाउनको लागि प्रधानमन्त्री ओलीले बाँध्यात्मक कदम चालेको बताउदै मन्त्री ढुंगेलले आगामी निर्वाचनमा नेकपाले दुई तिहाई बहुमत ल्यायरै छाड्ने दावि गर्नुभएको हो । नेकपा रामेछापको जिल्ला कमिटी बैठक एवं भेलामा बोल्दै मन्त्री ढुंगेलले प्रधानमन्त्री ओलीले गरेको कामबाट आत्तिएकाहरु अहिले विक्षिप्त रुपमा सडकमा पुगेको बताउनुभयो । प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने निर्णय नलिएको भए संविधान नै तलमाथि पथ्र्याे नेकपाका केन्द्रीय सदस्य समेत रहनुभएका मन्त्री ढुंगेलले भन्नुभयो । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले आगामी निर्वाचनमा आफू नउठने सार्वजनिक घोषणा गर्दा पनि पार्टीभित्र प्रचण्ड र माधव नेपाल पक्षले जबरजस्ती बहुमतको डण्डा तेस्याएको बताउनुभयो । प्रधानमन्त्री ओलीले हरेक नेपालीको शिर उच्च बनाउने काम गरेको बताउदै गुमेको नेपाली भूमि फिर्ता ल्याउनको लागि नयाँ नक्सा जारी गरेको समेत उहाँले बताउनुभयो । उहाँले सूर्य चिन्ह प्रधानमन्त्री ओली नेतृत्वको नेकपाकै हुने बाताउनुभयो । सूर्य चिन्ह हाम्रो नै हुन्छ, हामीले बनाएको चिन्ह हामीले नै बनाएको विचार छ, आउने चुनावमा नेकपाको दुई तिहाई बहुमत आउछ मन्त्री ढुंगेलले भन्नुभयो ।