इस्लामिक लडाकुको आक्रमणमा ७९ जनाको मृ’त्यु, १७ बढी घाईते

  • प्रकाशित मिति: आइतबार, पुष १९ २०७७
  • तामाकोशी

काठमाडौं । अफ्रिकी मुलुक नाइजरको दुई गाउँमा इस्लामिक लडाकु समुहले एकैसाथ गरेको आक्र’मणमा करिब ७९ जनाको मृ’त्यु भएको छ । १७ भन्दा बढी घाईते भएका छन् । नाइजरको दक्षिणी सीमामा रहेको जारोमदारयमा ३० र टेचोम्बाङगुमा ४९ जना मा’रिएका हुन् ।

नाइजरका आन्तरिक मन्त्री अलकाचे अलहादाले घटनाले देश मर्माहत भएको भन्दै घटनास्थलमा थप सेना परिचालन गरिएको जानकारी दिनुभयो । अफ्रिकाको सहेल क्षेत्रमा हालैका दिनहरुका लडा’कु समुहले हिसा’त्मक गतिविधि बढाउंदै लगेका छन् । गत साता नाइजेरियामा लडाकु समुह बोको हरामको आक्र’मणमा २७ जना मारि’एका थिए ।



हिजो मात्र मालीमा अलकायदाले गरेको आतं’कबादी आक्रमणमा आफ्ना दुई जना फ्रान्सेली सुरक्षाकर्मी मारिएको थिए । फ्रान्सको नेतृत्वमा पश्चिम अफ्रिकी क्षेत्रमा इस्लामिक लडाकुवि’रुद्ध पश्चिम अफ्रिकी र यूरोपेली गठनबन्धनका सेना सक्रि’य छन् । एजेन्सी