रामेछाप । पुस १२ गते,
नेकपा प्रचण्ड–नेपाल समुह रामेछाप जिल्ला कमिटी बैठकले संसद विघटनको विरुद्धमा पुस १४ गते हुने प्रदर्शनलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ । सदरमुकाम मन्थलीमा प्रचण्ड–नेपाल समुहका केन्द्रीय सदस्य एवं रामेछाप जिल्ला इन्चार्ज देवशकंर पौडेल, केन्द्रीय सदस्य एवं जिल्ला सह–इन्चार्ज श्यामकुमार श्रेष्ठ, केन्द्रीय सदस्य युवराज चौलागाई, जिल्ला अध्यक्ष मैन कुमार मोक्तान, जिल्ला सचिव शान्ति पौडेल लगायतको सहभागीतामा आइतबार सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो । बैठकले पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओली गरेको संसद विघटन संविधान , जनमत र देशको हित विपरित रहको ठहर गर्दे त्यसका विरुद्धमा गरिने सङ्घर्षका कार्यक्रमहरुलाई थप प्रभावकारी बनाउने निर्णय गरिएको नेकपा रामेछापका अध्यक्ष मैन कुमार मोक्तान (मदन)ले जानकारी दिनुभयो । उहाँले बागमती प्रदेशका १३ वटा जिल्लाले राजधानी काठमाडौंमा पदर्शन गर्ने पार्टीको निर्णय अनुसार आफुहरु पनि काठमाडौंमा हुदे पदर्शनमा सक्रिय सहभागिता जनाई पदर्शनलाई थप प्रभावकारी बनाउन तिर लाग्ने बताउनुभयो । सकारात्मक निर्णय आउने कुरामा ढुक्क भएर अहिले सर्वाेच्च र निर्वाचन आयोगको निर्णयको पर्खाइमा रहेकोे र निर्णय सकारात्मक नआएमा वर्तमान कठपुतली सरकार ढाल्नका लागि थप सङ्घर्षका कार्यक्रमका बारेमा समेत बैठकमा छलफल भएको समेत बताउनुभयो ।
