नेकपा ओखलढुंगाको पार्टी कार्यालयमा दुवै पक्षको ताला

  • प्रकाशित मिति: आइतबार, पुष १२ २०७७
  • तामाकोशी

ओखलढुंगा । पुस १२ गते,
ओखलढुंगामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पार्टी कार्यालयमा नेकपाका दुवै पक्षले तालाबन्दी गरेका छन । शनिवार प्रचण्ड–नेपाल समूहले नियमित लगाउने भन्दा फरक ताला लगाए पछी आईतबार बिहान केपी ओली समुहले अर्को ताला लगाइ दिएको छ । कार्यालयमा अहिले २ वटा ताला लागेका छन् । फुटको संघारमा रहेको (नेकपा) को विवाद जिल्लामा पनि उग्र बन्दै गएको छ । पार्टी कार्यालय कस्को हुने भन्ने विवाद देशभर चलिरहेका बेला जिल्ला पार्टी कार्यालयमा दुई पक्षले आ–आफ्ना ताला लगाएको नेकपाका एक नेताले बताएका छन । पार्टी कार्यालयमा दुवै पक्षका ताला लागेपछि नेकपाका नेता कार्यकर्ता होटल र व्यक्तिका घर तथा सार्वजनिक स्थलमा बसेर आ–आफ्ना कार्यक्रम बनाउने अवस्थामा पुगेका छन। जिल्ला सदरमुकाममा नेकपाको व्यवस्थित कार्यालय भवन साविकको नेकपा एमालेले बनाएको थियो । पार्टी एकता भएपछि सोही भवनलाई नेकपा पार्टी कार्यालय बनाईएको थियो ।