रामेछापको पकरवास स्थित सुलिथुम्कामा भ्युटावर बन्ने

  • प्रकाशित मिति: शुक्रबार, पुष १० २०७७
  • तामाकोशी

रामेछाप । पुस १० गते,
रामेछापको खाँडादेवी गाउँपालिका वडा नं–५ पकरवास स्थित सुलिथुम्का डाँडामा भ्युटावर बन्ने भएको छ । भ्युटावरको शुक्रबार जिल्ला समन्वय समितिका प्रमुख प्रेम बहादुर खड्का र खँडादेवी गाँउपालिका अध्यक्ष प्रेम बहादुर तमाङले संयुक्त रुपमा शिलान्यास गर्नु भएको छ । भ्युटावरको शिलान्यास गर्दै जिल्ला समन्वय समितिका प्रमुख खड्काले भ्युटावरले जिल्लामा आन्तरिक तथा वाह्य पर्यटकहरुको विकास गरि जिल्लाकै आर्थिक वृद्धिमा सहयोेगी हुने बताउनुभयो । गाँउपालिका अध्यक्ष प्रेम बहादुर तमाङले भ्युटावर निर्माणपछि रामेछाप,दोलखा,सिन्धुली र काभ्रे जिल्लाका अधिकांस भागहरुको दृश्यावलोकन गर्न सकिने भएकाले गाँउपालिकाको प्रमुख पर्यटकिय केन्द्रबिन्दु बन्ने विश्वास व्यक्त गर्नुभयो । वागमती प्रदेश सरकारको रु २ करोड ८९ लाख ६३ हजार ७ सय ७२ रुपियाँको लागतमा ९ सय ५० मिटर खुड्कीला सहित पाँचतले भ्युटावर र शौचालय सहित २०७८ जेठ महिना सम्म निर्माण सम्पन्न गर्ने गरी सुनकोशी कन्ट्रक्सनसंग निर्माण सम्झौता भएको छ ।