प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको विदाई

  • प्रकाशित मिति: सोमबार, पुष ६ २०७७
  • तामाकोशी

रामेछाप । पौष ६ गते,
रामेछापबाट सुरुवा हुनुभएकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको सोमबार विदाई भएको छ । करिब एक बर्ष अघि रामेछापमा सह–सचिवको रुपमा पहिलो पटक आउनुभएका प्रजिअ शर्माको गुल्मी सरुवा भएसँगै कर्मचारी कर्मचारी मिलन केन्द्र रामेछापको आयोजनामा भएको कार्यक्रममा विदाई गरिएको हो । झण्डै एक बर्षको अवधिमा जिल्लामा रहदा प्रजिअ शर्माले कोरोना भाइरस नियन्त्रण र रोकथामको लागि स्थानीय तहसँग समन्वय गर्नेदेखि नागरिकहरुमा जनचेतना जगाउन आफै सडकमा आउनुभएको थियो । प्रमुख जिल्ला अधिकारी शर्माले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिुनभयो । प्रजिअ शर्माले आफु रामेछापको प्रमुख जिल्ला अधिकारीका रुपमा रहदा विभिन्न क्षेत्रबाट सहयोग गर्ने विभिन्न संघ संस्था तथा व्यक्तिहरुलाई धन्यवाद सहित सम्मान समेत गर्नुभएको छ । प्रमुख जिल्ला अधिकारी शर्माले आफ्नो कार्यकालमा विभिन्न कोणबाट सहयो गर्ने नेपाल पत्रकार महासंघ जिल्ला शाखा रामेछाप , रामेछाप उद्योग बाणिज्य संघ , पत्रकार टीका प्रसाद भट्ट , नवराज पथिक, जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी सहायक निरीक्षक रामेश्वर पाण्डे, रामेछाप सहयोगी मन, कर्मचारीहरु लक्ष्मण भुजेल,गणेश अर्याललाई जिल्ला प्रशासन कार्यालयका तर्फबाट प्रशंसा पत्रले सम्मान गर्नुभएको हो । शर्माको सरुवा भएसँगै रामेछापको नयाँ प्रमुख जिल्ला अधिकारीका रुपमा अर्जुन कुमार शर्मा (हुमागाइं) आउदै हुनुहुन्छ ।