कास्की । गण्डकी प्रदेश सासद दीपक मनाङेकी श्रीमतीलाई ५० हजार धरौटीमा रिहा भएकी छन्। चोरीको अभियोगमा पक्राउ परेकी उनलाई शुक्रबार जिल्ला अदालत कास्कीले धरौटीमा रिहा गर्न आदेश जारी गरेको हो।
न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले उनीसँग धरौटी माग गरेको हो। मनाङले आफूहरू भाडामा बसेको घरमा चोरी गरेको जाहेरीका आधारमा प्रहरीले पक्राउ गरेको थियो। मंसीर १० गते चोरीको मुद्दामा मकवानपुरबाट उनी पक्राउ परेकी थिइन्।
३५ वर्षीया दिछेन डोल्मा लामालाई आफू भाडामा बसेको घरमा चोरी गरेको आरोप लागेको थियो। मनाङे आफैँले श्रीमतीलाई पक्राउ गर्न लगाएको बताउँदै आएका छन्।