प्रजातान्त्रिक योद्धा धनीराम मोक्तानको निधन

  • प्रकाशित मिति: मंगलबार, मंसिर ३० २०७७
  • तामाकोशी

रामेछाप । मङ्सिर ३० गते,
प्रजातान्त्रिक आन्दोलनका योद्धा धनीराम मोक्तानको निधन भएको छ । रामेछाप खाँडादेवी गाउँपालिका–५ पकरवास निवासी ९३ वर्षीय मोक्तानको आफ्नै निवासमा निधन भएको हो । मोक्तानले २००७ सालको प्रजातान्त्रिक आन्दोलनमा मोक्तानले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । निरङकुश शासन व्यवस्थाको विरोध गर्दा आठ वर्ष निर्वासित जीवन बिताउनुभएका मोक्तान नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रामेछापको जेष्ठ कम्युनिष्ट मञ्चको सदस्य समेत रहनुभएको थियो । मोक्तानको निधनप्रति नेकपा रामेछापले दुःख व्यक्त गरेको छ । नेकपा रामेछापका इन्चार्ज देवशकंर पौडेलले प्रजातान्त्रिक आन्दोलनका योद्धा मोक्तानको निधनले कम्युनिष्ट आन्दोलनलाई क्षति पुगेको बताउनुभयो । मोक्तानको आज बौद्ध परम्परा अनुसार अन्तिम संस्कार गरिने छ ।