आज चम्किदैछ यी ७ राशिको भाग्यः हेर्नुहोस् दैनिक राशिफल

  • प्रकाशित मिति: शुक्रबार, मंसिर २६ २०७७
  • तामाकोशी

आज २०७७ मंसिर २६ गते शुक्रबार, तदअनुसार सन् २०२० डिसेम्बर ११ तारिख एकादशी तिथि

मेष
स्वास्थ्यमा सुधार आउनेछ । अचल सम्पत्ती हात पर्ने योगछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापार,व्यवसायमा लाभ हुनेछ ।



वृष
समाज सेवा गरे लोकमा प्रसिद्ध भईनेछ । स्वास्थ्यमा सुधार आउला । आफन्त संगको सम्बन्धपनि गाढा र सुमधुर रहनेछ। तिर्थाटनको योग पनि छ ।

मिथुन
आज सोचेको आटेको काममा फाइदा मिल्नेछ । लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । मनोरञ्जनमा सहभागीता भइएला ।

कर्कट
आज लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ।

सिंह
आज आफ्नो अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । अरुको मन जित्न पनि सकिनेछ ।

कन्या
आज इच्छा र आकाङ्क्षा पूर्ण हुन सक्छ । एक अर्कासंग केहि न केहि आशा गरिरहनु हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ ।

तुला
आज मनमा निरासा र शरीरमा आलस्य आउला । मनमा सङ्का उत्पन्न हुनेछ । अनावश्यक ठाउँमा धन खर्च होला । प्रेममा मनमुटाव रहला ।

वृश्चिक
आज नयाँ कार्यको थालनी हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ ।

धनु
आँटेको र ताकेको कार्य पुरा होला । वैदेशिक यात्राको योग छ । पारिवारिक सद्भाव बढ्नेछ । व्यापार व्यवसायमा औसत लाभ हुनेछ ।

मकर
आज तर्क, विवाद र प्रतिस्पर्धामा पकड भएको राम्रो दिन छ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । कार्यमा सफलता पाईनेछ ।

कुम्भ
निर्णय कार्यान्वयन हुन सक्दैनन् । आफ्नो विचार विपरित निर्णय हुनेछ। नजिकका व्यक्तिबाट काममा बाधा आउला। आत्मबलमा कमी आउनेछ ।

मीन
आज बन्धु बान्धवबाट सहयोग मिल्नेछ । कार्य क्षेत्रमा प्रगती हुनेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । बाहन सुख पनि मिल्नेछ ।