रामेछाप । मङ्सिर २४ गते,
रामेछापको मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतले जिल्लाका अन्य पालिकामा भन्दा मन्थली नगरपालिकामा धेरै राम्रा काम भएको दाबि गर्नुभएको छ । बुधबार रामेछाप साँस्कृतिक कलाकार समाज मन्थली नगरपालिका कार्यसमिति गठन कार्यक्रममा बोल्दै नगर प्रमुख बस्नेतले यस्तो दाबि गर्नुभएको हो । उहाँले जिल्लाका आठ पालिकामध्ये सवैक्षेत्रलाई समेटर कामगर्ने मन्थली नगरपालिका पहिलो र उत्कृष्ट पालिका भएको बताउनुभयो । अन्य पालिकाहरुले गरेको कामका बारेमा प्रयाप्त प्रचार प्रसार भएका छन् , तर मन्थली नगरपालिकाले गरेको कामका बारेमा खासै प्रचार प्रसार हुन सकेको छैन , यसले गर्दा पनि नगरपालिकाले गरेका धेरै राम्रा कामहरुका बारेमा सवैमा जानकारी हुन सकेको छैन नगरप्रमुख बस्नेतले भन्नुभयो । साँस्कृतिक,आर्थिक र सामाजिक रुपमा रुपान्तरण गर्न सके मात्रै मुलकको सोचे अनुरुपको विकास सम्भव रहेकाले मन्थली नगरपालिकाले यसैलाई ध्यानमा राखेर काम गरिरहेको उहाँको भनाई छ । नगरप्रमुख बस्नेले मन्थली नगरपालिकालाई समृद्ध बनाउनका लागि आवश्यकताका आधारमा बजेट तथा कार्यक्रम सञ्चालन गरी दलिय आधारमा भागबण्डा गर्ने परम्पराको अन्त्य गरेकोे बताउनुभयो । उहाँले नगरपालिका प्रमुखमा निर्वाचित भएको ४१ महिना पुग्दा पनि विभिन्न कानुन्को अभावका कारण सोचे अनुरुपका काम गर्न नसकिएको बताउनुभयो । उहाँले संघिय सरकारले समयमै आवश्यक कानुन्हरु बनाउन नसक्दा स्थानीय तहमा काम गर्नका लागि विभिन्न अप्ठ्याराहरु सिर्जना भएको बताउनुभयो ।
जिल्लाका अन्य पालिकामा भन्दा मन्थली नगरपालिकामा धेरै राम्रा काम भएका छन् : प्रमुख बस्नेत
- प्रकाशित मिति: बुधबार, मंसिर २४ २०७७
- तामाकोशी