सुनको भाउ प्रतितोला ३ सय बढ्यो

  • प्रकाशित मिति: शुक्रबार, मंसिर १९ २०७७
  • तामाकोशी

काठमाडौं । शुक्रबार सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलाको ९२ हजार ९ सय रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९२ हजार ४५० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रतितोला १२ सय १० रुपैयाँ कायम भएको छ ।

यसअघि बिहीबार छापावाल सुनको भाउ तोलाको ९२ हजार ६ सय रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९२ हजार १५० सय रुपैयाँ निर्धारण भएको थियो । चाँदीको भाउ प्रतितोला १२ सय ५ रुपैयाँ कायम भएको थियो ।