लक्की ड्र मार्फत परेको एक तोला सुन अभिकर्तालाई हस्तान्तरण

  • प्रकाशित मिति: शुक्रबार, मंसिर ५ २०७७
  • तामाकोशी

रामेछाप । मंसिर ५ गते,
रिलायबल नेपाल लाईफ इन्स्योरेन्स रामेछाप शाखाले आफ्ना अभिकर्तालाई लक्की ड्र मार्फत परेको सुन हस्तान्तरण गरेको छ । कम्पनीले शुक्रबार मन्थलीमा एक कार्यक्रम गरी कम्पनीको चौथो वार्षिकोत्सवको उपलक्ष्मा ल्याएको पोलिसी अन्तर्गत रामेछापको मन्थली नगरपालिका वडा नं ४ सालुका विपिन भट्टराईलाई लक्की ड्र मार्फत परेको एक तोला सुन हस्तान्तरण गरेको हो ।

रिलायबल नेपाल लाईफ इन्स्योरेन्सका कलस्टर हेड मोहन खत्रीले लक्की ड्र मार्फत परेको एक तोला सुन भट्टराइलाई हस्तान्तरण गर्नुभएको छ । लक्की ड्र लिदै भट्राईले आफूले पाएको सुन सामाजिक कार्यको लागि प्रयोग गर्ने बताउनुभयो । रिलायबल नेपाल लाईफ इन्स्योरेन्स रामेछाप शाखाका म्यानेजर सन्तोष श्रेष्ठले आफ्नो शाखाबाट परेको देशैभरिको एक मात्रै ड्र आफ्नो शाखाका अभिकर्ता समेत रहेका भट्टराईलाई परेकोमा खुसी ब्यक्त गर्नुभयो । २०७४ साल भदौ १५ देखि बीमा कारोबार सुरु गरेको रिलायबल लाइफ इन्स्योरेन्स कम्पनी अब्बल दर्जाको जीवन बीमा कम्पनी बन्ने अभियानमा रहेको छ । स्थापनाको छोटो अवधीमा नै कम्पनीले पुराना स्थापित कम्पनीको भन्दा राम्रो मुनाफा आर्जन गर्न सफल हुँदै अघि बढिरहेको छ । कम्पनीले बीमीतहरुका लागि १२ वटा बीमा प्रडक्ट जारी गर्दै आईरहेको छ । कम्पनीले रामेछाप सहित ८२ वटा शाखाहरु मार्फत बीमीतहरुलाई बीमा सेवा प्रदान गर्दै आईरहेको छ । कम्पनीमा हाल ११ हजार भन्दा बढी बीमा अभिकर्ताहरु आवद्ध छन् । कम्पनीमा १७ लाख भन्दा बढी बीमितहरुले जीवन बीमा सुविधा लिँदै आइरहेका छन् ।



रिलायबन नेपाल लाईफले रिलायबल इन्डोमेन्ट लाइफ इन्स्योरेन्स, रिलायबल हाईयर एजुकेशन लाइफ इन्स्योरेन्स, रिलायबल रिलायबल एन्टिीपेटेड लाइफ इन्स्योरेन्स, रिलायबल धनपति लाइफ इन्स्योरेन्स, रिलायबल इन्डोमेन्ट एन्ड होल लाइफ इन्स्योरेन्स, सुलभ जीवन बीमा, सजिलो जीवन बीमा, रिलायबल माईक्रो इन्डोमेन्ट लाइफ इन्स्योरेन्स, रिलायबल समुन्नती जीवन बीमा, वैदेशिक रोजगार म्यादी जीवन बीमा जस्ता प्रडक्टहरु बिक्री गर्दै आइरहेको छ । कम्पनीले हेल्थ इन्स्योरेन्स बोनिफिट बीमा योजना सुविधा प्रदान गर्दै आईरहेको छ ।