रामेछापका । कात्तिक २८ गते,
रामेछापको गोकुलगंगा र उमाकुण्ड गाउँपालिकाका विभिन्न वडाको बजार क्षेत्रमा सञ्चालित पसल व्यवसायहरुको अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय रामेछापका समन्वयमा घरेलु तथा साना उद्योग कार्यालय रामेछाप नेतृत्वको संयुक्त टोलीले कात्तिक २५,२६ र २७ गते बजार क्षेत्रमा सञ्चालित पसल व्यवसायहरुको अनुगमन गरेको हो । दुईवटा गाउँपालिकाको विभिन्न वडाको बजार क्षेत्रमा सञ्चालित ११५ वटा पसल व्यवसायमा गरिएको अनुगमनमा ३२ वटा पसलहरुमा म्याद नाघेका र विना इजाजत विक्रि वितरण गर्न राखिएको सामाग्रीहरु जफत गरि जिल्ला प्रशासनमा दाखिला गरिएको जिल्ला प्रशासन कार्यालय रामेछापका नायव सुब्बा लक्ष्मण भुजेलले जनकारी दिनुभयो ।
उहाँका अनुसार दर्ता नगरि सञ्चालन भएका २४ वटा पसल व्यवसायलाई मंसिर १५ गतेभित्र सम्बन्धित ठाउँमा गएर दर्ता गर्न आवश्यक निर्देशन दिनुका साथै विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ महामारीका समयमा उद्योग ,बाणिज्य तथा आपुर्ति क्षेत्रले अपनाउनुपर्ने सुरक्षा मापदण्डका बारेमा व्यवसायीहरुलाई सचेत समेत गराइएको छ । उमाकुण्ड गाउँपालिकाको वडा नं २ बाम्तीभण्डार र गोकुलगंगा गाउँपालिका वडा नं १,२,४ र ५ का बजार क्षेत्रमा सञ्चालित खाद्य,किराना,तरकारी,फलफूल,फेन्सी पसल र हार्डवयर पसलहरुमा विक्रि वितरण गर्ने सामाग्रीहरुको अवस्था , दर्ता नविकरण र कोरोना भाइरसबाट बच्न अपनाउनुपर्ने स्वास्थ्य सुरक्षा मापदण्ड पालना भए र नभएको अनुगमन अनुगमन गरिएको हो ।
गोकुलगंगा र उमाकुण्ड गाउँपालिकाका बजार क्षेत्रमा सञ्चालित पसल व्यवसायको अनुगमन
- प्रकाशित मिति: शुक्रबार, कार्तिक २८ २०७७
- तामाकोशी