हङ्‌कङका सांसदहरूले दिए सामूहिक राजी’नामा, यस्तो कारण

  • प्रकाशित मिति: शुक्रबार, कार्तिक २८ २०७७
  • तामाकोशी

बीबीसी । हङ्‍कङमा प्रजातन्त्र पक्षधर सांसदहरूले सामूहिक राजी’नामा दिएपछि चीन सरकारले त्यो कदमको नि’न्दा गरेको छ।

उनीहरूको सामूहिक राजी’नामालाई चीनले हङ्‌कङमा चिनियाँ अधिकारलाई “खुला चुनौती” दिइएको अर्थमा बुझेको छ। चार सांसदलाई राष्ट्रिय सुरक्षाका लागि जोखिम भएको ठहर गर्दै पदमुक्त गरिएपछि अधिकांश विपक्षी सांसदहरूले राजी’नामा दिएका थिए। धेरैले हङ्‌कङको सीमित प्रजातन्त्र अहिले सङ्कटमा परेको भन्ठानेका छन्।



यूके सरकारले चीनले हङ्‌कङको स्वायत्तताको संरक्षण गर्ने प्रतिबद्धता उल्लङ्घन गरेको आरो’प लगाएको छ। हङ्‌कङ पहिला ब्रिटिश उपनिवेश थियो। सन् १९९७ मा चीनलाई हस्तान्तरण गरिँदा बेइजिङले ५० वर्षसम्म हङ्‌कङको स्वतन्त्रता कायम राख्ने वाचा गरेको थियो। यूकेका विदेशमन्त्री डोमिनिक राबले चार सांसदलाई अयोग्य ठहर गर्ने बुधवारको निर्णयपछि चीनको आलो’चना गरेका छन्। “निर्वाचित विधायकहरूलाई हटाउन बेइजिङले नयाँ नियम लाद्नु भनेको कानुनी रूपमै बाध्यकारी चीन(ब्रिटिश संयुक्त घोषणाको स्पष्ट उल्लङ्घन हो,” उनले भने। जुन महिनामा नयाँ सुरक्षा कानुन पारित भएपछि धेरै आन्दोलनकारीहरू हङ्‌कङबाट भागेका छन् तथा राजनीतिक दलहरूलाई प्रतिबन्ध लगाइएको छ। पन्ध्र सांसदले राजी’नामा दिएपछि अब हङ्‍कङको संसद्‌मा चीनप्रति बफादार मानिएका नेताहरू मात्र बाँकी छन्।

बुधवार चीनको न्याश्नल पीपल्स कङ्ग्रेसको स्थायी समितिले यदि हङ्‌कङको स्वतन्त्रतालाई समर्थन गरे, चीनको सार्वभौमसत्ता अस्वी’कार गरे, विदेशी शक्तिलाई हस्त’क्षेप गर्न गुहारे वा अन्य कुनै किसिमले राष्ट्रिय सुरक्षालाई खतरा पुर्‍याए सांसदहरूलाई अयो’ग्य ठहर गरिनुपर्ने एउटा प्रस्ताव पारित गर्‍यो।

त्यसको लगत्तै हङ्‌कङको नगर परिषद्‌ भनिने संसद्‌बाट विपक्षका चार सदस्यलाई पदमुक्त गरियो। त्यसपछि १५ सदस्यले उनीहरूप्रति एकबद्धता प्रकट गर्दै सामूहिक राजी’नामा दिने घोषणा गरे। बिहीवार उनीहरू परिषद्‌को बैठकमा सहभागी भएनन्।