पाकिस्तानको उत्तरी प्रान्त खैबर पाक्थुन्क्वा प्रान्तको मार्दन नगरमा बुधबार अपरान्ह भएको एक शक्तिशाली वि(स्फोटमा परी चार जनाको ज्या(न गएको छ भने अरु १२ जना घा(इते भएका छन् । मार्दनको गज बजार क्षेत्रमा सो शक्तिशाली वि(स्फोट भएको बताइएको छ । उक्त वि(स्फोट कसले र किन गरेको हो भन्ने बारेमा केही पत्ता लागेको छैन । प्रहरीले यस वि*स्फोटका बारेमा खोजी गरिरहेको बताइएको छ । यस वि(स्फोटमा उक्त क्षेत्रका कतिपय भौतिक संरचामा पनि क्षति पुगेको बताइएको छ ।
प्रहरीले सो वि(स्फोटमा परी चार जनाको ज्या(न गएको र अरु १२ जना घा(इते भएका जानकारी दिएको छ । वि(स्फोटको कारणबारे अनुसन्धान थालिएको पनि प्रहरीले जनाएको छ । –एएनआई एजेन्सी ।