“लैंङ्गिक विभेद”

  • प्रकाशित मिति: शनिबार, भाद्र २० २०७७
  • तामाकोशी

हाम्रो नेपाली समाजमा छोरीलाई हेर्ने दृष्टिकोणमा अझै पनि ठुलो विभेद तथा असमानता कायम नै छ । छोरीहरु एक्लै घरबाट खुल्ला रुपले निस्कन अझै पनि कठिन छ, असुरक्षित छ, अविश्वास छ । कतिपय ठाउँमा छोराछोरी दुबै सम्मान हुन भन्ने कुरा पनि नसुनेको होइनन् तर यी कुराहरु भाषणमा मात्र सीमित भएको पाइन्छ । नेपालको सन्दर्भमा प्रत्येक क्षेत्रमा लिङ्गको आधारमा भेदभाव गर्ने चलन आज सम्म पनि यथावत नै छ ।
छोरीहरुलाई गर्भााअवस्था देखि नै भेदभाव गरेको पाइन्छ । हाम्रो नेपाली समाजमा धार्मिक विश्वास गर्नेहरु धेरै छन्, धार्मिक अबधारणकै कारणले उनीहरुले सोच्ने गर्छन् की छोरा भनेका मर्दापर्दा अथवा एक सास रहुन्जेल सम्म हेर्नको लागि चाहिन्छ । छोरा बंश हो, छोरी भनेको अर्काको घरमा जाने जस्ता आम मानिसमा यस्ता धारणा रहेको पाइन्छ । यी भनाइहरुले गर्दा छोरीहरु अभैm पनि आर्थिक मामिलामा, सामजिक क्रियाकलापमा, विकासात्मक कुराहरुमा, सास्कृतिक, शैक्षिक क्रियाकलापमा, व्यावसायिक कुराहरुमा पिछडिएका छन् । फलस्परुप छोरीहरु घरभित्रैकै काम गर्न बाध्य छन् ।
नेपालमा विभिन्न महिला सम्बन्धी संघ सस्था, आयोग, कानुन, महिला हकअधिकारका कुराहरु संविधानमा उल्लेख नभएको होइनन् तर पनि ब्यवहारमा फरक पक्कै देखिन्छ । भेदभाव सम्बन्धी सरोकारवाला, सञ्चार माध्यमबाट जनचेतना फैल्याइ रहदा पनि यस्तो घटनाहरु दोहोरी रहेको प्रशस्तै देख्न सकिन्छ । बर्तमान अबस्थामा पनि कतिपय नेपाली समाज रुढिबादी, अन्धविश्वास, गलत संस्कृतिको अनुसरण, धार्मिक, सामाजिक, सास्कृतिक परम्परा, मौलिक संस्करण र प्रचलनको कारणले लैंङ्गिक भेदभावको समस्याबाट ग्रसित भएको बास्तविक हो । यस्ता रुढिबादी र अन्धविश्वासले कुप्रथा सस्कारले महिलामाथि हिंसा खेप्नु पर्ने सर्बाबिधित नै छ । (दाइजो प्रथा, छाउपडि प्रथा, बोक्सीको आरोप)
सम्मानजनक रुपमा बाच्न पाउने, मयार्दित जीवनयापन गर्न पाउने, कुनै प्रकारको विभेद नहुने कानुनमा उल्लेख भएता पनि हाम्रो नेपाली समाजमा कार्यनवयन नभएको प्रस्ट देखिन्छ । नेपाली समाजलाई व्यवस्थित रुपमा सञ्चालन गर्ने समाजद्धारा नै विभेद गरेको पाइन्छ । नेपाली समाज मुलतः पुरुषप्रधान हुनु, सचेनाको कमी हुनु, महिलाहरुमा आर्थिक सक्षमता कमजोर हुनु, सामाजिक क्रियाकलापमा सहभागी नगराउनु, राजनितिक क्षेत्रमा सहभागि नहुनु, सशक्तीकरण नहुनु, शिक्षाको कमी हुनु, आफनो निर्णय आफै लिन नसक्नु, बेरोजगार यि मुख्य समस्याहरुले गर्दा महिलाहरुमाथि विभेद भएको देखिन्छ । अझै पनि दुर्गम क्षेत्रमा दाइजो प्रथा, छोराको महत्व बोक्सीको आरोपमा कैयौं महिला दिदिबहिनीहरुले ज्यान गुमाइरहेको समाचार दिनानुदिन सुन्दै आएका छौ ।
अशिक्षाको कुरा मात्रै होइन, शिक्षित बर्गबाटै नै छोराछोरीमा भेदभाव गरेको देखिन्छ । छोरीहरुको कुनै कारणबस ढिला बिवाह भयो भने किन विहे नगरेको यतिको उमेर सम्म, तिनीमा केहि खोट हुनुपर्छ, केहि कामको लागि विहान निस्केर बेलुका अबेर आइपुग्यो भने कहाँ गएर, कोसँग, किन ढिला जस्ता प्रश्नहरु गर्न थाल्दछन्, सानै उमेरमा विवाह गरे पुण्य मिल्छ भन्ने चलन पनि यथावत नै छ, सानै उमेरमा विवाह गर्दा सानै उमेरमा गर्भवती हुने सम्भावाना हुन्छ, ताकी उनीहरु मानसिक, शारीरिक, सबेंगात्मक (प्रजनन् अँगहरु) परिपक्का भइसकेको हुदैनन्, सम्बन्धीत विषयको ज्ञान, सीपअनुभव हु्दैन् । त्यसकारणले अकालमै ज्यान गुमारहेको तथायाङ्क पनि हामीले नसुनेका र नदेखेका होइनौं । छोरीलाई जति धेरै पढायो, उति नै पढेका ज्वाँइ चाहिन्छ यस्ता प्रश्नहरु तेस्र्याउन थाल्दछन् जसका कारणले शारीरिक, मानसिक, मनोवैज्ञानिक र सबेंगात्मक मनोबल घटछ र असर पार्दछ । एउटी महिलाले पहिलो पटक छोरा पाइयो भने अब अर्को पाउन जरुरी छैन भन्ने श्रीमान, समाज, परिवारले त्यही महिलाले छोरी पाइन भने अब अर्को सन्तान छिटै चाहिन्छ भन्दै धम्की दिन थाल्दछन् । कतिपय घटनाहरु छोराको आसमा धेरै सन्तान जन्माउने अनि फेरी त्यहि परिवार, छरछिमेक, समाजबाट अपहेलित हुने गर्दछन् ।
एउटी छोरी बिदेश गएर आउनेलाई विहे गर्न नमान्ने मेरो समाज अर्काे पुरुष अथबा छोरा विदेश गएर आउदा एकदमै खुसि भएर घरजम गराउने गर्दछ । बलात्कार गरेको महिलालाई विवाह गर्न नमान्ने मेरो समाज त्यही बलात्कार गरेको परुषसँग सहजै रुपमा विवाह गर्न तत्पर्ता हुन्छन् ।
म एक नारी भएकै कारण यस्ता कैयन घटनाहरु स्वयम मैले सामना गर्न बाध्य भएको छु र मेरो समाजमा प्रशस्त देखेको छु । कतै रोजगारीको शिलशिलामा किन नहोस्, धेरै संघसस्थामा अन्तर्बाता दिने क्रममा तपाई पुरुष भइदिए काम गर्न सहज हुन्थ्यो, तपाईसँग बाइकको लाइसेन्स छ ?, धेरै गाह्रो हुन्छ घरपरिवारलाइ छोडेर जानुपर्छ भन्ने प्रश्नहरुको ओइरौ नै लाग्ने गर्छ यो साधारण मान्न सकिन्न जो लैंङ्गिक विभेदको प्रर्याबाची हो ।
त्यसैले आम महिला दिदीबहिनीहरुले सोच्न जरुरी छकि पुरुष होइन महिला नै भएर बाच्ने साहस गर्नु पर्छ । अब म होइन हामीबाट यस्ता अभियानहरु सञ्चालन गर्नु पर्छ ताकी यो समाजमा महिलाले महिला भएर बाच्ने हिम्मत गरेको होस्, पुरुषले पुरुष भएर बाच्ने आधार निर्माण गरेको होस् ।।