रामेछाप । जेठ १५ गते,
नेपाल पत्रकार महासंघले पश्चिम रुकुमको चौरजहारी नगरपालिका वडा नं ८ सोतीमा जातीय विभेदलाई लिएर ज्यानै जानेगरी भएको घटनाको तत्काल छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ । महासंघका महासचिव रमेश विष्टले बिहिबार एक विज्ञप्ति मार्फत घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन र यस्ता अपराधिक घटना दोहोरिन नदिन सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । देशमा संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था स्थापित भइ जातीय विभेद र छुवाछुत अन्त्य गर्ने घोषणा भइसकेको अवस्थामा यस्ता मानव अधिकार विरुद्धको निकृष्ट ज्यादति र मानवअधिकार विरुद्धको जघन्य अपराध भएको भन्दै मनव सभ्यतालाईनै कलंकित बनाउने र कानुनी शासनको धज्जी उडाउनुका साथै समाज कुन दिशा तर्फ जाँदै छ भन्ने प्रश्न समेत खडा गरेको पत्रकार महासंघको ठहर छ । यस्तै पत्रकार महासंघले घटनाका बिषयमा भ्रामक समाचार सामाग्री सामाजिक सञ्जालमा पोष्ट नगर्न पनि आग्रह गरेको छ ।
सोती घटनाको दोषीलाई कारबाही गर्न पत्रकर महासंघको माग
- प्रकाशित मिति: बिहिबार, जेष्ठ १५ २०७७
- तामाकोशी