१) नेपाल आयल निगमले मुलुकभर युरो– ६ मापदण्डको इन्धन विक्री वितरण कहिलेदेखि सुरु गर्ने निर्णय गरेको छ ?
वि.सं. २०७६ चैत
नेपाल आयल निगमले २०७६ माघदेखिनै युरो–६ मापदण्डकोइन्धन आयात गरेको र सो इन्धन अहिले परीक्षणको क्रममा रहेको बताइएको
२) अस्ट्रेलियामा सम्पन्न टी– २० महिला विश्वकप क्रिकेटको उपाधि कसले जित्यो ?
अस्ट्रेलिया: भारतलाई ८५ रनले हालसम्म टी– २० महिला विश्वकपका सात संस्करणमा अस्ट्रेलियालेमात्र पाँचपटक उपाधि जितेको । अस्ट्रेलिया बाहेक इङ्ग्ल्याण्ड र वेस्टइन्डिजले मात्रै एक–एक उपाधि जितेका ।
३) रिराइटेबल पेपरको विकास कुन देशका वैज्ञानिकले गरेका हुन् ?
चीन सन् २०१८
४) नेपाल सरकारले सबै क्षेत्रका श्रमिकलाई लागू हुने गरी पेन्सनसहितको सामाजिक सुरक्षा योजना कहिलेदेखि सुरु गरेको हो ?
वि.सं. २०७५ मङ्सिर ११
५) सरकारले सामाजिक सुरक्षा दिवस मनाउने घोषणा कहिले गरेको हो ?
वि.सं. २०७५ मङ्सिर ११
६) विश्वमै पहिलोपटक स्पेस एलिभेटर (लिफ्ट) को परीक्षण कुन देशले गरेको हो ?
जापान सन् २०१८ सेप्टेम्बर
७) हाल निजामती सेवामा महिला प्रतिनिधित्व कति छ ?
२५.७६
८) सन् २०२० मार्चमा प्रदान गरिएको इन्टरनेसनल कम्युनिकेसन अवार्डबाट सम्मानित व्यक्तित्व को हुनुहुन्छ ?
लक्ष्मणदत्त पन्त
९) बहुमूल्य धातु सुनलाई निक्षेपका रूपमा राख्न पाइने व्यवस्था नेपाल राष्ट्रबैङ्कले कहिले गरेको हो ?
वि.सं. २०७६ फागुन २२
१०) राष्ट्रिय कलाश्री पुरस्कार (२०७६) कसलाई प्रदान गरियो ?
साहित्यकार गणेश रसिक (पुरस्कार राशिः रु. एक लाख)
११) देउकेटा प्रथा कहाँ छ ?
दैलेख
१२) बालबालिकाको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था किवानिज इन्टरनेसनलको एसिया प्यासिफिक सम्मेलन हालै कहाँ सम्पन्न
भयो ?
नेपाल सन् २०२० मार्च
१३) मुलुकको सबैभन्दा ठूलो सौर्य विद्युत् आयोजना कहाँ छ ?
नुवाकोट
१४) संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वशान्ति स्थापना कार्यका लागि सुरक्षाकर्मी पठाउने मुलुकमा नेपाल कतिऔँ स्थानमा छ ?
सन् २०२० जनवरीदेखि नेपाल चौथो स्थानमा रहेको । यसअघि नेपाल पाँचौँ स्थानमा थियो । शान्ति मिसनमा सबै भन्दा बढी सैनिक पठाउने मुलुकहरूमा नेपालभन्दा अगाडि इथियोपिया, बङ्गलादेश र रुवान्डा रहेका
१५) हाल ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता एवं औषधि खर्चवापत मासिक कति रकम प्रदान गर्ने गरिएको छ ?
रु. दुई हजार (सामाजिक सुरक्षा भत्ता एक हजार र औषधि उपचार खर्च एक हजार)
१६) द्रव्य शाहले गोरखा राज्यको स्थापना कहिले गरेका थिए ?
वि.सं. १६१६ भदौ २५
१७) बौद्धिक सम्पत्ति संरक्षणसम्बन्धी कार्यालय कुन मन्त्रालय अन्तर्गत स्थापना गर्ने भएको छ ?
अर्थ मन्त्रालय
(बौद्धिक सम्पत्तिसम्बन्धी एकीकृत नीतिमार्फत अर्थ मन्त्रालय अन्तर्गत रहने गरी बौद्धिक सम्पत्ति कार्यालय स्थापना गरिने भएको छ । नेपालले नयाँ संविधानमार्फत बौद्धिक सम्पत्तिको अवधारणालाई संवैधानिक रूपमा नै अङ्गीकार गरेको छ ।)
१८) ‘एजेण्डा फर डेभलप्मेन्ट’ नामक विकाससम्बन्धी प्रतिवेदन प्रस्तुत गर्ने राष्ट्रसङ्घका तत्कालीन महासचिव डा. बुत्रोस बुत्रोस घाली हुन् भने सुधारसम्बन्धी क्वाइट रिभोल्युसन नामक प्रतिवेदन प्रस्तुत गर्ने महासचिव को हुन् ?
कोफी अन्नान
१९) शरणार्थी र आप्रवासीसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन पहिलोपटक कहिले आयोजना गरियो ?
सन् २०१६ सेप्टेम्बर १९
२०) एकपटक स्वीकृत भइसकेको वातावरणीय प्रभाव मूल्याङ्कनसम्बन्धी प्रस्तावमा आंशिक रूपमा भौतिक पूर्वाधार, डिजाइन वा स्वरूप परिमार्जन गर्ने, संरचना स्थानान्तरण वा फेरबदल गर्ने, वनक्षेत्र वा आयोजनाको क्षमता थप गर्नका लागि पेश भएको प्रस्तावउपर पुनः गरिने वातावरणीय प्रभाव मूल्याङ्कनलाई के भनिन्छ ?
पू्रक वातावरणीय प्रभाव मूल्याङ्कन
२१) चुम्बकले आफ्नो वरिपरि रहेको चुम्बकीय वस्तु वा अर्को चुम्बकलाई असर पार्न सक्नेसम्मको क्षेत्रलाई के भनिन्छ ?
चुम्बकीय क्षेत्र
(शक्तिशाली चुम्बकको चुम्बकीय क्षेत्र ठूलो र कमजोर क्षेत्र सानो हुन्छ ।)
२२) नेपालमा सर्वप्रथम कागजी मुद्रा कहिलेदेखि प्रचलनमा ल्याइएको हो ?
वि.सं.२००२ असोज १
२३) पहिलोपटक कुसुन्डा भाषाको पढाइ औपचारिक रूपमा कहाँ सुरु गरिएको छ ?
लमही (दाङ)
२४) चुरे संरक्षणका लागि २० वर्षे गुरुयोजना मन्त्रिपरिषद्ले कहिले स्वीकृत गरेको हो ?
वि.सं. २०७४ जेठ ४ (नाराः चुरेको पानी चुरेलाई, स्वच्छ पानी सबैलाई)
२५) प्रसिद्ध भाजुपोखरी कहाँ छ ?
भक्तपुर (१२औँ शताब्दीमा निर्माण भएको ।)
२६) संयुक्त राष्ट्रसङ्घमा उपमहासचिवको व्यवस्था कहिलेदेखि गरिएको हो ?
सन् १९९८
२७) ‘तेक्वान्दो क्विन’ का नामक चिनिने नेपाली खेलाडी को हुन् ?
संगिना बैद्य
२८) युरोपेली सङ्घको प्रधान कार्यालय कहाँ छ?
बेल्जियमको ब्रसेल्स
२९) विश्व वन्यजन्तु कोषको प्रधान कार्यालय कहाँ छ ?
स्वीट्जरल्यान्ड
@गोरखापत्रबाट