अमेरिकी सैन्य एकेडेमीहरुमा पछिल्लो वर्ष पनि यौन हिंसा तथा शोषणका घटना बढेको यहाँको रक्षा मन्त्रालयले जनाएको छ । समस्या रोकथामको पहल गर्दागर्दै पनि सेनाभित्र यस्तो समस्या बढेको बताइएको छ । २०१८ देखि २०१९ मा मात्रै एक तीनवटा सैन्य एकेडेमीमा सय ४९ वटा यौन शोषणका घटना भएको आधिकारिक तथ्यांक छ ।
जब कि, अघिल्लो वर्ष एक सय १७ वटा यस्ता घटना भएका थिए । २०१९ को अन्त्यसँगै सार्वजनिक भएको रिपोर्ट अनुसार यो तथ्यांक २५ प्रतिशत भन्दा धेरै हो । जुन आधिकारीहरुलाई उजुरी दिइएका घटना मात्रै हुन् । यससँगै अमेरिकी रक्षा मन्त्रालयले यस्तो घटना भविष्यमा बढ्दै जाने चिन्ता व्यक्त गरेको छ । हरेक दुई वर्षमा सञ्चालित तीन ‘स्कुल’मा १३ हजार सैनिक एकेडेमीमा भर्ना हुन्छन् । सबैभन्दा धेरै यौन शोषणका घटना वेस्ट प्वाइन्ट एकेडेमीमा ५७ वटा भएको भेटिएको थियो । यस्तै नभल एकेडेमीमा सबैभन्दा थोरै ३३ घटना भए । यस्तै एयरफोर्स एकेडेमीमा ४० वटा यौन शोषणका घटना भएको तथ्यांक छ ।अन्नपूर्णपोस्टबाट साभार,