बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १२ का अध्यक्ष कृष्णबहादुर खड्काले देहत्याग गरेका छन्। ६८ वर्षीय खड्काले भारतको बहराइच पुगेर एक होटलमा देहत्याग गरेका हुन्। उनको नोटमा बैंकको ऋण तिर्न नसकेकाले देहत्याग गरेको उल्लेख छ। खड्काले पुस २९ गते भारतको बहराइचस्थित शंकर होटेलमा वि ष से वन गरी देहत्याग गरेका थिए। कोहलपुरका मेयर लुटबहादुर राउतले खड्काले वि षादी से वन गर्नु पहिले लखेको पत्रमा बैंकले ऋण चुक्ता गर्न निकै ताकेता गरेको हुँदा सहन गर्न नसकेर देहत्याग गरेको व्यहोरा रहेको बताए। ‘उहाँको बैंकमा २०(२२ लाख रुपैयाँ ऋण रहेछ, त्यो ऋण तिर्न भनेर बैंकले निकै सताएको भन्ने कुरा उहाँले पत्रमा लेख्नुभएको छ,’ मेयर राउतले भने, ‘त्यसमा छोराहरूले समेत आफूलाई कुनै सहयोग नगरेको भन्ने कुरा पनि लेख्नुभएको छ।’
खड्काले देहत्यागको लागि उपयुक्त स्थान भारतको बहराइचस्थित शंकर होटल देखेको हुँदा त्यहाँ आएर वि षादी से वन गरेको भन्दै होटल साहुलाई केही पनि दुःख नदिन आग्रहसमेत गरेका छन्। जाजरकोटबाट बसाइँ सरेर कोहलपुर आएका वडा अध्यक्ष खड्का पुस २९ गते बिहान ७ बजेतिर सुर्खेतको मेहलकुना जान भनी घरबाट निस्केको पारिवारिक स्रोतले जनाएको छ। तर उनी मेहलुकना नगई साढे १० बजेतिर सीमाना पार गरेर भारतीय बजार रुपैडिहा हुँदै बहराइच गएको मेयर राउतले जानकारी दिए। सोही दिन दिउँसो ३ बजेतिर उनले होटल बुक गरेको र त्यसपछि पत्र लेखेर देहत्याग गरेको देखिएको छ।
उनको श व भेटिएको खबर आएपछि कोहलपुर नगरपालिकाका जनप्रतिनिधि र नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का नेताहरू बहराइच पुगेर घटनाबारे अध्ययन गरेर फर्केको मेयर राउतले जानकारी दिए। ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख तथा डिएसपी कुलदीप चन्दले पनि मेयर राउतले भनेझैं वडा अध्यक्षले विषादी सेवन गरी देहत्याग गरेको कुरा प्रारम्भिक अनुसन्धानबाट देखिएको बताए।