श्रीमतीको गयो ज्यान २ सन्तान त्रीशुली नदीमा बेपत्ता,लामिछाने माथि प्रहारको अनुसन्धान

  • प्रकाशित मिति: शुक्रबार, माघ ३ २०७६
  • तामाकोशी

धादिङ : धादिङको बेनिघाट रोराङ गाउँपालिका-३ स्थित बादरेमोड छेउबाट २ महिने शिशुसहित एकै परिवारका ४ जनाले त्रीशुली नदीमा हाम्फालेका छन्। काठमाडौं चद्रागिरी घर भएका बिनय लामिछाने र जमुना रेग्मी लामिछानेले २ र २२ महिनाका छोराहरु साथैमा लिएर बिहिबार साँझ ७ बजेतिर त्रीशुली नदिमा हेलिएका हुन्।

घटनापछि श्रीमती जमुनाको मत्यु भएको छ भने दुवै छोराहरु बेपत्ता छन् ! श्रीमान बिनयलाई भने स्थानीयले जिवितै उद्दार गरेका थिए । बेपत्ता बालकको शुक्रबार बिहानैबाट खोजी भइरहेको छ। त्रीशुली नदी धमिलो भएकाले र पानी परिरहेकाले खोजी कार्यमा कठिनाइ भएको प्रहरीले जनाएको छ। जिवितै उद्दार गरिएका बिनय इलाका प्रहरी कार्यलय गजुरीको नियन्त्रणमा छन भने घटनाको अनुसन्धान भैरहेको गजुरी प्रहरीले बताएको छ ।अन्नपूर्ण पोस्टबाट साभार,