मोरङ-जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगरस्थित सिंघिया खोलाघाटमा जलाउन लागेको महिलाको श*व नियन्त्रणमा लिएको छ। विहीबार महानगरपालिका ८ भलुवाइकी २८ वर्षीया प्रेमदेवी साहको श*व जलाउने क्रममा प्रह*रीले नियन्त्रणमा लिएको मोरङ प्रह*री प्रमुख प्रह*री उपरीक्षक विश्व अधिकारीले जानकारी दिए। अधिकारीका अनुसार मृ*तकका दाजु राजु साहले प्रहरी समक्ष घटना शंकास्पद रहेको जनाउदै प्रह*रीलाई खबर गरेका थिए।
प्रह*री उपरिक्षक अधिकारीले श*व जलाउने क्रममा घाँटीमा डाम देखिएपछि पोस्टमार्टमका लागि नियन्त्रणमा लिएको बताए। घाटमा पुर्याएर चितामा राखिसकेको श*व प्रहरीले पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पतालमा राखेको जनाएको छ। मृ*तकका दाजु साहले विहान करिब ५ बजे बहिनी प्रेमदेवीको निधनको खबर पाएको बताए।बहिनी केही समयदेखि विरामी अवस्थामा रहेकी थिइन् तथापि हामीले बराह क्षेत्र नगरपालिकास्थित घरमा उपचार गराएर फर्काएका थियौ, दाजु साहले भने। उनले भने, ‘बहिनी मानसिक विरामी भएकोले माइतीमा राखेर उपचार गराएर घर पठाएका थियौं। तर आज घटना अर्कै हुनपुग्यो।’ श*व नियन्त्रणका लागि हाटखोलास्थित वडा प्रहरी कार्यालयबाट प्रहरी नायब निरिक्षक मनोज अधिकारी र जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी निरिक्षक रामबहादुर ढकाल नेतृत्वको अलग–अलग टोली सिंघियाघाटमा पुगेको थियो।
हाल प्रहरीले शंकास्पद देखिएको घटनाको अनुसन्धान सुरु गरेको छ।सो क्रममा १२ वर्षअघि मागि विवाह गरेका मृ*तकका श्रीमान गोविन्द साहलाई पनि नियन्त्रणमा लिएको छ। साह परिवारको १० र ८ वर्षका दुई छोरा छन्। त्यसैगरी, मृ*तकका श्रीमान् गोविन्दले प्रेमदेवी केही समयदेखि मानसिक बिरामी रहेको जानकारी दिए।उनले भने ‘मृ*तकले यसअघि पनि सलले पासो लगाएर आ*त्मह*त्याको प्रयास गरेकी थिइन।’ करिब पाँचमहिनाअघिको सो घटनाको डाम घाँटीमा रहेको उनको भनाइ छ।