रामेछाप । माघ २ गते,
रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक वसन्त पाठकले कुनै राजनैतिक दवाबले अपराधीले छुट नपाउने बताएका छन् । डि.एस.पी भएपछि पहिलो जिल्लाका रुपमा रामेछाप आएका पाठकले विहिबार पत्रकारहरुसँग आयोजित परिचयात्मक कार्यक्रममा आफूले जिल्ला छाड्ने तर राजनैतिक दवाबलाई नमान्ने बताएका हुन् ।
उनले आफू जिल्लाको प्रहरी प्रमुख रहेसम्म कुनै दवाबमा अपराधिले उन्मुक्ति नपाउने बताए । सयका साथै निर्दाेष मानिसले दुःख नपावस् भन्ने कुरामा पनि आफू सचेत रहेको उनले बताए ।
उनले जिल्लाको सुरक्षा अवस्थालाई अध्ययन गरी सञ्चारमाध्ययनसँग नजिक रहेर काम गर्ने बताए । जिल्लाका सबै सरोकारवाला निकायहरुसँग आवश्यक समन्य गरेर जिल्लाको शान्ति सुरक्षालाई मजवुद बनाउने उनको भनाई छ । उनले प्रहरी संगठनभित्र पनि सबै राम्रा नहुने भएकाले बदमासी गर्ने जो सुकैलाई पनि आवश्यक कारवाही गर्ने प्रतिवद्धता जनाए । उनले प्रहरीलाई समुदायसँग अझ नजिक बनाउँनका लागि समुदाय उन्मुख कार्यक्रमहरु संचालन गर्ने बताए ।
यसका लागि स्थानीय सरकार लगाएत सरोकारवाला निकायसँग आवश्यक समन्वय भैरहेको उनको भनाई छ । कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख रामेश्वर पाण्डेले जिल्लाको ट्राफिक व्यवस्थामा थप कडाई गरिएको बताए । जिल्ला सदरमुकाम मन्थली बजारको थप व्यवस्थापनका लागि वन वे सुरु गरिएकाले थप ट्राफिक व्यवस्थापन भएको उनको भनाई छ । मन्थलीमा चाडै पार्कीङको व्यवस्थापन गरीने पनि उनले बताए । ग्रामिण क्षेत्रमा यातायातलाई सुरक्षित बनाउन छतमा यात्रु बोक्नेलाई तत्काल कारवाही गर्ने उनको भनाई छ । कार्यक्रममा सहभागि पत्रकारहरुले प्रहरीलाई सूचनामैत्री बनाउन र जिल्लाको सुरक्षा सम्वेदनशिलतालाई मध्यनजर गरी योजना बनाउन सुझाव दिएका थिए ।
बरु जिल्ला छाड्छु , राजनैतिक दवाबमा काम गर्दिन : रामेछापका प्रहरी प्रमुख पाठक
- प्रकाशित मिति: बिहिबार, माघ २ २०७६
- तामाकोशी