पुस २९, दोलखा । बनतरुल खन्ने क्रममा ढिस्कोले पुरिँदा भीमेश्वर नगरपालिका वडा नम्बर २ डोक्थलीका ८० बर्षिय बिरबहादुर थामीको मृ!त्यु भएको हो । वनतरुल खन्ने खाल्टोमा माथिबाट ढुङ्गा खसी सोही ढुङ्गाले थिचेर मृ,त अवस्थामा मृ!तकको भतिजा डबल थामीले भेटेर प्र,हरीलाई खबर गरेका हुन् । संक्रान्तीको लागि बनतरुल खन्न भनि घरभन्दा करिब एककिलोमिटको दुरीटाढा रहेको जंगलमा गएका थामीलाई मृ,त अवस्थामा भेटिएको दोलखाको प्रहरी निरीक्षक रुक्शा बज्राचार्यले जानकारी दिनुभयो ।
मृ तकको ला,स पोष्टमार्टमको लागि प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा राखिएको छ । घटना बारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बज्राचार्यले जानकारी दिनुभएको छ।