सार्वजनिक बसमा यात्रा गर्ने महिला यात्रुलाई दु!र्व्यवहार गरेको अभियोगमा एक चालक प,क्राउ परेका छन् । प,क्राउ पर्नेमा उदयपुर कटारी ५ घर भई हाल भक्तपुर सानोठिमी बस्ने २५ वर्षीय मिलन दाहाल रहेको महानगरीय प्र,हरी परिसर ललितपुरले जनाएको छ । बा २ ख ९३२४ नम्बरको बसका चालक दाहालले लगनखेलको सडकपेटीमा व्यापार गर्ने ती महिला सामान लिन सोमबार बिहान ५ः४५ बने लगनखेलबाट न्यूरोड जाने क्रममा दु!र्व्यवहार गरेका थिए । दाहालले महिला बसमा एक्लै भएको मौकामा मोबाइल समेत निय!न्त्रणमा लिइ दु!र्व्यवहार गरेको उजुरीको आधारमा काठमाडौँको ढल्कुबाट निय,न्त्रणमा लिइएको प्र!हरीले जनाएको छ ।
उनीमाथि सोमबारै जिल्ला प्रशासन कार्यालय ललितपुरबाट दिन ७ को म्याद लिई महानगरीय प्र,हरी परिसरको हिरासतमा राखी अनुसन्धान कार्य जारी रहेको छ ।रातोपाटीबाट साभार,