रामेछापको विर्तामा ट्याकटर दुर्घटना : चालकको मृत्यु

  • प्रकाशित मिति: सोमबार, पुष २१ २०७६
  • तामाकोशी

रामेछाप । पौष २१ गते,
रामेछापको रामेछाप नगरपालिका वडा नम्बर ७ विर्तामा सोमबार विहान ट्याकटर दुर्घटना हुँदा चालकको घटना स्थलमै ज्यान गएको छ । सुनकोशी नदीबाट बालुवा लिएर सुकाजोर तर्फ जाँदै गरेको ना ३ च ७००५ नम्बरको ट्याक्टर उकालोमा तान्न नसकेर दुर्घटना हुँदा चालक सुकाजोर विर्ताका १९ बर्षिय सनम हायुको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रहरी हवल्दार बिष्णु गौतमले जानकारी दिए । ट्याक्टर पुरानो भएको र लामो समय सम्म सर्भे्सिङ नगरेका कारण उकालोमा लोड तान्न नसकेर दुर्घटना भएको प्रहरीको अनुमान छ ।