सर्वोच्च अदालतले गर्यो फैसला ! सैन्यसेवाभित्र सहमतिमा पनि यौ!नसम्पर्क राख्न नपाइने

  • प्रकाशित मिति: बुधबार, पुष १६ २०७६
  • तामाकोशी

काठमाडौं : सर्वोच्च अदालतले सै,न्यसेवाभित्र सहमतिमा पनि यौ,नसम्पर्क राख्न नपाइने फैसला सुनाएको छ। यौ,नसम्पर्क, यौ,नशोषण र जब,र्जस्ती करणी आरोपमा मु,छिएका सैनिकको पदबहा,ली, पेन्सन, भत्तालगायतका सुविधा खोसिने भएको छ। दुई सैनिकबीच भएको यौ,न प्रकरणमा जंगी अड्डाले का,रबाही गरेपछि सर्वोच्च पुगेको एक विवादमा यस्तो फैसला आएको हो। फैसलाले यौ,न प्रकरणमा मुछिएका सैनिकविरुद्धको कारबाहीमा सेनाको इन्वायरी बोर्ड, सैनिक विशेष अदालत र समरी जनरल सैनिक अदालतको अधिकार क्षेत्रलाई थप बलियो पार्ने देखिएको छ। चण्डीदल गणका सहसेनानी भूपेन्द्र खड्का र एक महिला सैनिक कर्म,चारीबीच अनुचित यौन सम्बन्धका कारण पदमुक्तिको कारबाहीपछि वि,वाद सर्वोच्च पुगेको थियो। उनीहरूलाई जंगी अड्डाबाट बर्खास्तीको कार,बाहीपछि सैनिक अधिकृत खड्काले सहमतिमा यौ,नसम्पर्क भएको जिकिर गर्दै सर्वोच्चमा रिट दिएका थिए। यौ,न प्रकरणमा मुछिने सैनिक महिला वीरेन्द्र सैनिक अस्पतालमा तल्लो तहमा कार्यरत हुन्। मुलुकी ऐन, दण्ड सजायको १ नं. ले सहमतिमा भएको यौ,नसम्पर्कका विषयमा सजायको भागीदार नहुने व्यवस्था गरेको भनाइ खड्काको थियो। आफूलाई सुनवाइको मौका नदिई सजाय तोकिएकाले पद बहालीसहित भत्ता, सुविधा, पेन्सनलगायका सुविधा दिलाउन सर्वोच्चसँग माग थियो। यम बिरहीले अन्नपूर्ण पोस्टमा लेखिएको छ ।

समरी सैनिक जनरल अदालतबाट २०६९ पुस ५ गते र सैनिक विशेष अदालतबाट २०७० असोज ४ गते खत्रीलाई पदमुक्त गर्ने फैसला भएको थियो। त्यसपछि उनी मुद्दा अवधिदेखिकै तलबभत्ता पाउनुपर्ने र सहसेनानी पदमा बहाली हुनुपर्ने माग गर्दै सर्वोच्च पुगेका थिए। जंगी अड्डाले उक्त प्रकरणमा सर्वोच्चलाई लिखित ज,वाफ पठाउँदै सैनिक अदालत र सैनिक विशेष अदालतबाट गरिएका कारबाहीउपर असाधारण अधिकार क्षेत्र प्रयोग गरी रिट क्षेत्रमा प्रवेश नगर्न अनुरोध गरेको थियो।



सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासबाट सोमबार सार्वजनिक पूर्ण फैसलामा सैनिक संगठन एक कडा (फलामे) अनुशासनमा बस्नुपर्ने प्रकृतिको संगठन रहेको उल्लेख छ। ‘आन्तरिक सुरक्षा कायम गर्न पनि सैनिकहरुलाई कडा अनुशासनमा राखिनु स्वाभाविकै हुन्छ। सैनिक संगठनलाई अनुशासनमा राख्ने उद्देश्यले नै सैनिक कसुर र सैनिक अनुशासनसम्बन्धी व्यवस्था गरिएको हुन्छ,’ सर्वोच्चले भनेको छ, ‘राज्यको सार्वभौमसत्ता र अखण्डता रक्षा गर्ने गहन जिम्मेवारी बोकेको राष्ट्रिय सेनामा यस प्रकारको सैनिक अनुशासन हुनुको विकल्प छैन। अन्तर्राष्ट्रिय अभ्यास पनि यही हो। यस परिप्रेक्ष्यमा दुई सैनिकबीच भएको यौ,नजन्य क्रियाकलाप सैनिक आचरण अनुशासनकै विषयभित्र पर्ने देखिन्छ।’

माथिल्लो अधिकृतबाट तल्लो स्तरका सैनिक कर्मचारी दबाब र प्रभावमा यौ,न शोष,णमा पर्न सक्ने आशं,कासमेत सर्वोच्चले उब्जाएको छ। ‘आफ्नो पदीय प्रभावमा पारी अफिसर स्तरको सैनिकले तल्लो तहको महिला सैनिकसँग यौ,नसम्बन्ध राख्‍ने सहमतिलाई अनुचित प्रभावमा पारी लिएको सहमति भनी बुझ्नुपर्ने हुन्छ,’ सर्वोच्चले भनेको छ। सेनाले दुई सैनिकबीचको यौ,नसम्पर्कका बिषयमा ‘इन्क्वायरी बोर्ड’ गठनमार्फत अनुसन्धान गरिएको थियो। सैनिक र प्र,हरी अनुसन्धानले यौ,नसपर्कका कारण सैनिक महिलाले गर्भ,धारण गरेको प्रतिवेदनसमेत दिएको थियो।