सामाजिक अभियान्ता तथा पत्रकार अमित भट्ट लेख्छन – भिजिट नेपाल २०२० , भन्दै २०१९ भरी हामी नेपाली कराइरहेउ ! सडकमा बसेउ कराएउ , सदनमा गएउ कराएउ !! मात्र कराइ रहेउ , व्यवहारमा केही परिणत गरेनौ । सडक फोहोर छ , सडक सफा गर्नुको सट्टा किन सडक सफा भएन भनेर हामी कराइरहेउ , सिर्फ कराइमात्र रहेउ , अरु केहि गरेनौ । व्यवहारिक बनेर जिवनमा केही हासिल गर्न सकेनौ ! सडक देखि सदन सम्म जता गयो त्यतै फोहोर , त्यतै हरिबिजोग छ ! अनि हाम्रा देशका पर्यटन मन्त्री भने २० लाख पर्यटक भित्राउने लक्ष्य लिएर हिडिराखेका छन ! होला , हाम्रो देश नेपाल यति सुन्दर छ , पर्यटक नभित्रेलान पनि भन्न सकिन्न तर हामिले हाम्रो देशको हरेक क्षेत्रको स्त्रोनन्तिमा ध्यान दिनुपर्छ ! कुन ठाउमा पर्यटक बढी आकर्षित हुन्छ्न त ? , त्यो ठाउँ पहिचान गरि त्यो ठाउको प्रवर्द्धनमा जोड दिनुपर्छ ।
हिमाली भेग देखि लिएर पहाडी भेग हुँदै तराइको समथर भुभाग सम्म पुग्दा त नेपालमा हरेक ठाउमा , हरेक गाउमा विभिन्न समस्या देखिएको छ । हामिले प्रत्यक्ष रुपमा यी समस्या नभोगेता पनि हामिले अप्रत्यक्ष रुपबाट यी सबै समस्या भोग्दै आएका छौ । हिमालै हिमालको देश भनेर चिनिएका हामी आज हिमालको प्रवर्द्धन गर्न नसकेर , हिमालको हरेक क्षेत्रबाट बचाउ गर्न नसकेर निरासिदै छौ !
भ्रमण वर्ष २०२० आउनै लाग्दा पनि कतिपय ठाउमा सरकारले आँखा पुर्याएको पनि छैन । आखाले देखेका ठुला ठुला परियोजनालाई हातले पुरपार मात्र बनाएर सानातिना कामप्रति चासो नै नदेखिएको पो हो कि ? विकसित देशको उदाहरण हामी दिन सक्छौ तर , ती देशले जस्तै विकासका योजनाहरु अघि सार्न पनि सक्छौ तर काम गर्ने बेलामा भने हामी अलमल ढलमल गर्छौ ! भ्रमण वर्ष सफल पार्न सकियो भने केही न भएपनी हाम्रो देशको आर्थिक अवस्था उकासिन्थ्यो , विश्वमान चित्रमा नेपालको चन्द्र र सुर्य अङ्कित झण्डाको वर्णन हुन्थ्यो । तर के नेपालले यो भ्रमण वर्ष सफल बनाउन सक्दैन ? पक्कै पनि सक्छ तर हामिले २० लाख पर्यटक जुन भित्रीदै छन ती पर्यटकलाइ सेवा र सुविधाले भरिभराउ गर्दिएउ भने , यो कार्य असम्भव होला भन्न सकिन्न।
भिजिट वर्ष २०२० हामी सबै नेपालिको सान , मान र पहिचानको महत्त्वकान्छी विषय हो । हामी सबैले जुन ठाउबाट सकिन्छ , त्यही ठाउबाट यस्को सफलताको कामना सहित आफ्नो ठाउँ आफै सुन्दर बनाउन लागौ ! जय मातृभुमी , जय चन्द्र सुर्य